२०८३, श्रावण २५ गते

images
  • अटो
  • याडिया नेपालले ल्यायो तीन नयाँ इलेक्ट्रिक...

याडिया नेपालले ल्यायो तीन नयाँ इलेक्ट्रिक स्कुटर, नाइमामा विशेष छुट

याडिया नेपालले ल्यायो तीन नयाँ इलेक्ट्रिक स्कुटर, नाइमामा विशेष छुट

images
शनिवार, श्रावण २३ २०८३१२:०१
शनिवार, श्रावण २३ २०८३१२:०१
  • काठमाडौं । नेपालका लागि Yadea को आधिकारिक वितरक कुजु नेपाल प्रालिले नयाँ पुस्ताका तीन विद्युतीय स्कुटर याडिया G1, याडिया GT1 र याडिया G5 औपचारिक रूपमा सार्वजनिक गरेको छ।

    आधुनिक प्रविधि, उच्च कार्यक्षमता र नेपाली उपभोक्ताको बदलिँदो आवागमन आवश्यकतालाई लक्षित गरी सार्वजनिक गरिएका यी स्कुटरले नेपालमा स्मार्ट विद्युतीय गतिशीलताको नयाँ अध्याय सुरु गर्ने कम्पनीको दाबी छ।

    याडियाले नवीन प्रविधि, उच्च कार्यसम्पादन र दिगो यातायात समाधानमार्फत नेपाली विद्युतीय दुईपांग्रे बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ। नयाँ तीन मोडेलले दैनिक सहरी यात्रादेखि लामो दूरी तथा प्रिमियम प्रदर्शन खोज्ने ग्राहकका फरक–फरक आवश्यकता पूरा गर्ने कम्पनीले जनाएको छ।

    तीन मोडेल, तीन फरक अनुभव

    याडिया G1 : स्मार्ट दैनिक सहयात्री

    दैनिक सहरी यात्रालाई सहज, भरपर्दो र किफायती बनाउन डिजाइन गरिएको G1 मा २.१ किलोवाट आवर ब्याट्री र २.८ किलोवाट पीक मोटर जडान गरिएको छ। यसले एकपटक पूर्ण चार्जमा १०५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ।

    सुविधा, आराम र विश्वसनीयताको संयोजन भएकाले G1 दैनिक प्रयोगकर्ताका लागि उपयुक्त विकल्प हुने कम्पनीको भनाइ छ।

    याडिया GT1 : लामो दूरीका लागि तयार

    अधिक रेन्ज र लामो दूरीको यात्रा गर्ने ग्राहकलाई लक्षित गरिएको GT1 मा ५.७ किलोवाट आवर डुअल ब्याट्री प्रणाली रहेको छ। यसमा ३.६ किलोवाट आवर फिक्स्ड र २.१ किलोवाट आवर रिमुभेबल ब्याट्री समावेश छन्।

    ३.७ किलोवाट पीक मोटर रहेको GT1 ले एकपटक चार्जमा २२० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ। रिमुभेबल ब्याट्रीका कारण चार्जिङ थप सहज र लचिलो हुने बताइएको छ।

    याडिया G5 : प्रिमियम प्रदर्शनको नयाँ परिचय

    याडियाको प्रिमियम सेग्मेन्टअन्तर्गतको G5 मा ३.६ किलोवाट आवर लिथियम ब्याट्री र ५ किलोवाट पीक मोटर जडान गरिएको छ। यसले ८० किलोमिटर प्रतिघण्टासम्मको उच्च गति र १५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।

    उत्कृष्ट प्रदर्शन, आधुनिक डिजाइन र आरामदायी राइडिङ अनुभव खोज्ने ग्राहकलाई लक्षित गरी G5 विकास गरिएको हो।

    स्मार्ट प्रविधिसहित सुरक्षित यात्रा

    नयाँ याडिया सिरिजमा यात्रालाई सहज र कनेक्टेड बनाउन विभिन्न स्मार्ट प्रविधि समावेश गरिएको कम्पनीले जनाएको छ। स्कुटरमा ब्लुटुथ कनेक्टिभिटी, TFT स्मार्ट डिस्प्ले, मोबाइल नेभिगेसन मिररिङ, याडिया स्मार्ट एप कनेक्टिभिटी लगायतका सुविधा उपलब्ध छन्।

    त्यस्तै, पाँच जनासम्म प्रयोग गर्न मिल्ने फ्यामिली सेयरिङ सुविधा र स्मार्ट सुरक्षा प्रणालीसमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ।

    सुरक्षातर्फ तीनै मोडेलमा ट्र्याक्सन कन्ट्रोल सिस्टम (TCS), क्रुज कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल तथा डुअल ड्राइभ ब्रेकिङ सिस्टम लगायतका प्रविधि समावेश गरिएको छ।

    यी प्रविधिले विभिन्न सडक तथा भौगोलिक अवस्थाका यात्रामा स्थिरता, नियन्त्रण र सुरक्षित राइडिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

    ब्याट्रीमा ३ वर्षसम्मको वारेन्टी

    याडियाले नयाँ तीनै मोडेलको ब्याट्रीमा ३ वर्ष वा ५० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराएको छ। अत्याधुनिक ब्याट्री प्रविधि र उत्पादन गुणस्तरप्रति आफ्नो प्रतिबद्धता जनाउँदै कम्पनीले यस्तो वारेन्टी ल्याएको जनाएको छ।

    २० वटा आधिकारिक डिलरशिपबाट उपलब्ध

    नयाँ G1, GT1 र G5 हाल नेपालभर रहेका २० वटा आधिकारिक याडिया डिलरशिप मार्फत उपलब्ध हुनेछन्। कम्पनीले आगामी दिनमा देशभर आफ्नो डिलर तथा सेवा सञ्जाल थप विस्तार गर्ने योजना रहेको जनाएको छ।

    लन्चको अवसरमा कुजु नेपालले नाइमा अटो शो सम्पन्न नहुँदासम्म तीनै मोडेलमा १० हजार रुपैयाँ विशेष छुट उपलब्ध गराएको छ।

    इच्छुक ग्राहकले नजिकैको आधिकारिक याडिया शोरुममा पुगेर नयाँ मोडेल अवलोकन, टेस्ट राइड तथा फाइनान्सिङ र स्वामित्वसम्बन्धी थप जानकारी लिन सक्नेछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend