२०८३, आश्विन १९ गते

images
  • अटो
  • नाइमा अटो शोमा टाटाकाे टियागो ईभी...

नाइमा अटो शोमा टाटाकाे टियागो ईभी सार्वजनिक, कति छ मूल्य ?

नाइमा अटो शोमा टाटाकाे टियागो ईभी सार्वजनिक, कति छ मूल्य ?

मंगलवार, श्रावण २६ २०८३०२:००
मंगलवार, श्रावण २६ २०८३०२:००
  • images

    काठमाडौं । सिप्रदी ट्रेडिङले नेपालमा फेसलिफ्ट संस्करणको टाटा टियागो ईभी सार्वजनिक गरेको छ। मंगलबारदेखि सुरु भएको नाइमा अटो शोमा कम्पनीले दुई नयाँ भेरियन्ट सार्वजनिक गरेको हो । कम्पनीले दुई भेरियन्टमा नयाँ टियागो ईभी नेपाल ल्याएको छ । नयाँ मोडललाई कम्पनीले पुरानै मूल्यमा बजारमा उपलब्ध गराएको जनाएको छ।

    नयाँ टियागो ईभीको प्रारम्भिक भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। नेपाली सडकमा उल्लेख्य संख्यामा देखिने टियागो ईभीको फेसलिफ्ट संस्करणमा डिजाइन, प्रविधि र सुविधामा सुधार गरिएको सिप्रदीको दाबी छ। विशेषगरी सहरी क्षेत्रमा किफायती र व्यावहारिक विद्युतीय कार खोज्ने ग्राहकलाई लक्षित गर्दै नयाँ मोडल ल्याइएको हो।

    फेसलिफ्ट टियागो ईभीमा २४ किलोवाट आवरको लिथियम–आयन ब्याट्री प्याक प्रयोग गरिएको छ। यसमा ५५ किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ, जसले अधिकतम ११४ एनएम टर्क उत्पादन गर्छ।

    punch1.jpg

    प्रविधि र सुविधामा पनि अपडेट

    नयाँ टियागो ईभीको इन्टेरियरमा समेत उल्लेख्य परिमार्जन गरिएको छ। यसमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल र मल्टिफङ्सन स्टेयरिङ उपलब्ध छन्।

    त्यस्तै, नयाँ अपहोल्स्ट्री र परिमार्जित इन्टेरियर डिजाइनले कारको क्याबिनलाई थप आधुनिक र आकर्षक बनाएको कम्पनीको भनाइ छ।

    सुरक्षातर्फ नयाँ टियागो ईभीमा डुअल एयरब्याग, एबीएस, ईबीडी, रियर पार्किङ सेन्सर, रिभर्स क्यामेरा तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी) जस्ता सुविधा दिइएको छ।

    नेपालमा किफायती मूल्य, विद्युतीय सवारीप्रतिको बढ्दो आकर्षण र टाटाको स्थापित बिक्री तथा सर्भिस नेटवर्कका कारण टियागो ईभीले यसअघि नै राम्रो बजार बनाइसकेको छ। यस्तो अवस्थामा नयाँ डिजाइन र थप सुविधासहित आएको फेसलिफ्ट टियागो ईभीले नेपाली बजारमा आफ्नो पकड अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

    नयाँ टियागो ईभीको मूल्य पुरानै स्तरमा कायम राखिएपछि नेपाली ईभी बजारमा यसले कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ।

    घट्यो पन्च ईभीको मूल्य

    कम्पनीले नाइमा अटो शो मा नै पन्च ईभीको ३ भेरियन्ट सार्वजनिक गरेको छ  कम्पनीले पन्च ईभी फेसलिफ्टको बेस भेरियन्टको मूल्य ३३ लाख ९९ हजार र टप भेरियन्टको ३७ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

    योसँगै बजेटपछि आएको पन्च ईभीको मूल्य ४ लाखसम्मले घटेको छ । यसअघि पन्च ईभी ३७ लाख ९९ हजार र ३९ लाख ९९ हजारमा बिक्री हुँदै आएको थियो ।

    नयाँ पन्च ईभीमा ३० किलोवाट आवर र ४० किलोवाट आवरको दुई ब्याट्री अप्सन पाइने भएको छ । जुन यसअघि अउपलब्ध पन्च ईभीको भन्दा दुबै भेरियन्टमा ५ किलोवाट आवर बढी क्षमताको ब्याट्री हो ।

    पन्च फेसलिफ्ट २०-८० मात्र २६ मिनेटमा चार्ज गर्न सकिन्छ । यसले ६५ किलोवाटको डीसी फास्ट चार्ज सर्पोट गर्छ । यसलाई १५ मिनेट चार्ज गर्दा १३५ किलोमिटर रेन्ज पाइने कम्पनीको दाबी छ ।

    नयाँ पन्च ईभीमा टाटाका ठूला ईभी मोडेलहरूबाट प्रेरित १६ इन्चका एरो अप्टिमाइज अलोय ह्वील दिइएके छ । पछाडिको भागमा आइस पन्च फेसलिफ्टको जस्तै जडान गरिएका एलईडी टेललाइटहरू दिइएको छ ।

    फेसलिफ्ट पन्चमा पहिलेकै ड्यासबोर्ड डिजाइन छ । तर, नयाँ ट्रिम फिनिस र अपडेटेड दोहोरो रङ थिम थपिएको छ। यसमा १०.२५ इन्चको इन्फोटेनमेन्ट टचस्क्रीन र १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले छ ।

    पन्च ईभीमा वायरलेस चार्जिङ, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइट, कनेक्टेड कार टेक्नोलोजी, ३६० डिग्री क्यामेरा छन् । सुरक्षाका लागि ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), हिल होल्ड एसिस्ट, टायर प्रेसर मनिटरिङ सिस्टम, आईएसओफिक्स चाइल्ड सिट माउन्ट, हाइ बिम एसिस्ट लगायतका फिचर छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend