२०८३, आश्विन १९ गते

images
  • अटो
  • सिप्रदीले धनगढीमा सार्वजनिक गर्‍यो BS6 बस...

सिप्रदीले धनगढीमा सार्वजनिक गर्‍यो BS6 बस च्यासिस, यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउने लक्ष्य

सिप्रदीले धनगढीमा सार्वजनिक गर्‍यो BS6 बस च्यासिस, यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउने लक्ष्य

बिहिवार, श्रावण २८ २०८३०५:०१
बिहिवार, श्रावण २८ २०८३०५:०१
  • images

    काठमाडौँ । नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले धनगढीमा आयोजित विशेष कार्यक्रममा टाटा मोटर्सका अत्याधुनिक BS6 बस च्यासिस सार्वजनिक गरेको छ। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न यातायात व्यवसायी, यातायात समिति तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सुदूरपश्चिमका सहसंयोजक टेकराज जोशी प्रमुख अतिथिका रूपमा तथा सिप्रदी ट्रेडिङका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकाल विशेष अतिथिका रूपमा सहभागी थिए।

    कार्यक्रममा ८ मिटरदेखि १२ मिटरसम्म लम्बाइका टाटा BS6 बस च्यासिस प्रदर्शनमा राखिएका थिए। छोटो तथा मध्यम दूरीका यात्राका लागि उपयुक्त डे बस र लामो दूरीका यात्राका लागि डिजाइन गरिएका नाइट बसका विभिन्न मोडलसमेत व्यवसायी तथा सरोकारवालालाई अवलोकन गराइएको थियो।

    कम प्रदूषणदेखि इन्धन दक्षतासम्म

    सिप्रदी ट्रेडिङका प्रबन्धक इन्द्रमणि पोखरेलले BS6 प्रविधिका विशेषताबारे जानकारी दिँदै नयाँ पुस्ताका बस च्यासिसले कम प्रदूषण उत्सर्जन गर्नुका साथै उत्कृष्ट इन्धन दक्षता र बढी माइलेज दिने बताए।

    उनका अनुसार BS6 बस च्यासिसमा अत्याधुनिक इन्जिन व्यवस्थापन प्रणाली, उन्नत After Treatment System (ATS), Selective Catalytic Reduction (SCR) प्रविधि, उत्कृष्ट टर्क तथा पावर, कम कम्पन र आवाज, लामो इन्जिन आयु तथा न्यून मर्मत खर्च जस्ता विशेषता रहेका छन्।

    यस्तै, चालकको सहजता र यात्रु सुरक्षालाई ध्यानमा राख्दै बस च्यासिसमा आधुनिक डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, उन्नत डायग्नोस्टिक प्रणाली, प्रभावकारी ब्रेकिङ क्षमता तथा उच्च ग्रेडेबिलिटीजस्ता सुविधा समावेश गरिएको पोखरेलले जानकारी दिए।

    उनका अनुसार यी प्रविधिले बसको सञ्चालन खर्च घटाउनुका साथै यातायात व्यवसायीलाई दीर्घकालीन रूपमा लाभ पुर्‍याउने अपेक्षा गरिएको छ।

    चालक प्रशिक्षणलाई पनि प्राथमिकता

    सिप्रदी ट्रेडिङले BS6 सवारीसाधन बिक्रीमा मात्र सीमित नभई ग्राहक सेवामा समेत विशेष ध्यान दिँदै आएको जनाएको छ।

    कम्पनीले BS6 प्रविधि, AdBlue को उचित प्रयोग, इन्धन बचत, सुरक्षित ड्राइभिङ तथा सवारीसाधनको उचित मर्मतसम्भार सम्बन्धी चालक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको पोखरेलले बताए। आगामी दिनमा पनि यस्ता प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने कम्पनीको योजना छ।

    यातायात व्यवसायीको सकारात्मक प्रतिक्रिया

    कार्यक्रममा सहभागी यातायात व्यवसायीहरूले BS6 प्रविधियुक्त टाटा बस च्यासिसप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए। नयाँ प्रविधिले नेपालको सार्वजनिक यातायात क्षेत्रलाई थप आधुनिक, सुरक्षित, भरपर्दो तथा वातावरणमैत्री बनाउन सहयोग पुग्ने उनीहरूको विश्वास थियो।

    कार्यक्रममा सिप्रदी ट्रेडिङको व्यवस्थापन तथा बिक्री विभागका दीपेन्द्र चन्द लगायतका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend