२०८३, आश्विन २० गते

images
  • अटो
  • धरानदेखि काठमाडौंसम्म रोडिजको क्रेज, सात सहरमा...

धरानदेखि काठमाडौंसम्म रोडिजको क्रेज, सात सहरमा हुँदैछ प्रि–अडिसन

धरानदेखि काठमाडौंसम्म रोडिजको क्रेज, सात सहरमा हुँदैछ प्रि–अडिसन

शनिवार, श्रावण ३० २०८३०८:२८
शनिवार, श्रावण ३० २०८३०८:२८
  • images
    काठमाडौँ । हिमालय रोडिजको टाइटल स्पोन्सर यामाहा रेसिङले यस वर्षको नयाँ थिम “एटिट्युड भर्सेस अल्टिच्युड” अन्तर्गत माउन्टेन ड्यूसँगको सहकार्यमा प्रस्तुत हुन लागेको हिमालय रोडिज सिजन ८ का लागि प्रि-अडिसनको घोषणा गरेको छ।
     
    प्रि-अडिसन आगामी अगस्ट १५ देखि सुरु हुनेछ। यसमा सहभागीहरूले ब्लू टिकट प्राप्त गर्ने अवसर पाउनेछन्, जसले उनीहरूलाई कार्यक्रमको पीआई राउन्डमा सिधै प्रवेश गर्ने अवसर प्रदान गर्नेछ।
     
    प्रि-अडिसन नेपालका विभिन्न सहरमा रहेका यामाहा शोरुमहरूमा आयोजना हुनेछ। तालिका अनुसार यसको सुरुवात धरानमा श्रावण ३० गते शनिबार विजयपुर ट्रेडर्स, लाङ्गाली चोकबाट हुनेछ। त्यसपछि श्रावण ३१ गते आइतबार बिर्तामोडस्थित सयपत्री ट्रेड लिंक, भद्रपुर बस स्ट्यान्डमा आयोजना हुनेछ। त्यस्तै, भदौ १ गते सोमबार हेटौंडाको राज मोटर्स प्रा. लि., रानीदरबार मार्ग तथा बुटवलको बाइकर्ज बुटवल प्रा. लि., कालिका नगरमा एकैसाथ प्रि-अडिसन हुनेछ। त्यसैगरी, भदौ २ गते मंगलबार बर्दिबासस्थित एमएडब्लू प्रा. लि., भब्सी खोलानजिक, भदौ ३ गते बुधबार धनगढीस्थित एमएडब्लू प्रा. लि., चौराहा र भदौ ४ गते बिहीबार काठमाडौंको एमएडब्लू प्रा. लि., नक्सालमा प्रि-अडिसन आयोजना हुनेछ।
     
    रोडिज लामो समयदेखि सहभागीहरूको मनोवृत्ति, सहनशक्ति र हिम्मतको परीक्षण गर्ने सबैभन्दा चुनौतीपूर्ण रियालिटी शोहरूमध्ये एकका रूपमा परिचित छ। “एटिट्युड भर्सेस अल्टिच्युड” थिमसहितको सिजन ८ ले पनि अग्लो हिमाल र आफ्नो सीमा नाघेर चुनौतीको सामना गर्ने निडर भावनासँगको सम्बन्धलाई निरन्तरता दिएको छ। यो यामाहाको रेसिङ लेगेसी र ब्रान्ड मेसेज “द कल अफ द ब्लू” सँग पनि नजिक रहेको छ।
     
    नेपालमा यामाहा रेसिङले युवालक्षित प्लेटफर्महरूलाई निरन्तर साथ दिँदै आएको छ। ऊर्जा, जोश र चुनौती सामना गर्ने साहसलाई सम्मान गर्ने विभिन्न कार्यक्रमहरूसँग यामाहा रेसिङ निरन्तर जोडिँदै आएको छ।
     
    रोडिजमा सहभागी हुन चाहनेहरूलाई तोकिएको मितिमा आफ्नो सहरमा अवस्थित यामाहा शोरुममा पुगेर यस यात्राको हिस्सा बन्न प्रोत्साहित गरिएको छ। छ दिनमा सात वटा सहर समेटिएको प्रि-अडिसनले हिमालय रोडिजको अहिलेसम्मकै चर्चित सिजनमध्ये एक बन्न सक्ने आठौँ सिजनको रोमाञ्चक सुरुवात गर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend