२०८३, आश्विन २० गते

images
  • अटो
  • सवारीधनीलाई एस.टी.सी.को निःशुल्क सेवा, १५० भन्दा...

सवारीधनीलाई एस.टी.सी.को निःशुल्क सेवा, १५० भन्दा बढी ब्याट्री परीक्षण

सवारीधनीलाई एस.टी.सी.को निःशुल्क सेवा, १५० भन्दा बढी ब्याट्री परीक्षण

आइतवार, श्रावण ३१ २०८३१०:३७
आइतवार, श्रावण ३१ २०८३१०:३७
  • images

    काठमाडौं । नेपालमै गुणस्तरीय ब्याट्री उत्पादन गर्दै आएको एस.टी.सी. इनर्जी इन्डस्ट्रिज प्रा. लि. ले १५० भन्दा बढी सवारीसाधनको निःशुल्क ब्याट्री परीक्षण गरेको छ।

    कम्पनीले सवारीधनीलाई ब्याट्रीको अवस्था र कार्यक्षमताबारे जानकारी गराउने उद्देश्यले मकालु पेट्रोल पम्पमा चारदिने निःशुल्क ब्याट्री परीक्षण अभियान सञ्चालन गरेको थियाे । साउन २५ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको अभियानमा पेट्रोल तथा डिजेलबाट चल्ने १५० भन्दा बढी सवारीसाधनको ब्याट्री परीक्षण गरिएको कम्पनीले जनाएको छ।

    अभियानका क्रममा प्राविधिक टोलीले सवारीसाधनमा प्रयोग भइरहेका ब्याट्रीको हेल्थ, क्षमता तथा समग्र कार्यक्षमता परीक्षण गरी सवारीधनीलाई ब्याट्रीको वर्तमान अवस्थाबारे आवश्यक जानकारी तथा सुझाव दिएको थियो।

    कम्पनीका अनुसार अभियान केवल आफ्ना उत्पादनको प्रवद्र्धनमा सीमित नराखी सवारीधनीलाई प्रत्यक्ष प्राविधिक सेवा र ब्याट्रीसम्बन्धी सचेतना प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो।

    नेपालमै उत्पादन हुने एस.टी.सी. राइड तथा एस.टी.सी. इनर्जी ब्रान्डका ब्याट्रीबारे जानकारी लिन तथा आफ्नो सवारीसाधनको ब्याट्री परीक्षण गराउन सवारीधनीहरूको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ। सहभागीहरूले निःशुल्क परीक्षण तथा प्राविधिक परामर्शप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए।

    कम्पनीका अनुसार ब्याट्रीको अवस्था समयमै परीक्षण गर्दा सवारीसाधन स्टार्ट नहुने, बाटोमै समस्या आउने तथा ब्याट्रीको कार्यक्षमता घट्ने जस्ता सम्भावित समस्याबारे समयमै जानकारी लिन सकिन्छ।

    अभियानबाट प्राप्त सकारात्मक प्रतिक्रिया र सवारीधनीको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै एस.टी.सी. इनर्जी इन्डस्ट्रिजले आगामी दिनमा पनि विभिन्न स्थानमा यस्ता ब्याट्री परीक्षण तथा ग्राहककेन्द्रित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    नेपालमै गुणस्तरीय ब्याट्री उत्पादन गर्दै आएको कम्पनीले आफ्ना उत्पादन तथा सेवामार्फत नेपाली उपभोक्तालाई भरपर्दो, गुणस्तरीय र प्रभावकारी ब्याट्री समाधान उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend