काठमाडौं । नेपालमा विद्युतीय दुईपांग्रे सवारीसाधनको बजार विस्तार भइरहेका बेला एथर नेपालले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ५०० भन्दा बढी बुकिङ हासिल गरेको छ।
साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजित एक्स्पोमा एथरका नयाँ विद्युतीय स्कुटर, प्रविधि तथा बिक्रीपछिको सेवा र चार्जिङ पूर्वाधारप्रति ग्राहकको उत्साहजनक प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ।
एथर नेपालका अनुसार यो उपलब्धि केवल छुट तथा प्रवद्र्धनात्मक योजनाका कारण नभई ब्याट्रीमा दीर्घकालीन भरोसा, सर्भिस पहुँच, चार्जिङ पूर्वाधार र प्रविधिमा गरिएको लगानीको परिणाम हो।
८ वर्षसम्म ब्याट्री वारेन्टी
विद्युतीय स्कुटर खरिद गर्दा ग्राहकले ब्याट्रीको आयु, मर्मतसम्भार र चार्जिङ सुविधालाई महत्वपूर्ण रूपमा हेर्ने गरेका छन्। यही विषयलाई ध्यानमा राख्दै एथर नेपालले आफ्नो ‘एथर एस्योरेन्स’ लाई प्राथमिकतामा राखेको जनाएको छ।
कम्पनीले Eight70 Warranty अन्तर्गत ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराउँदै आएको छ। लागू हुने नियम तथा सर्तअनुसार ब्याट्री हेल्थ कम्तीमा ७० प्रतिशत कायम रहने सुनिश्चितता पनि यसमा रहेको कम्पनीको भनाइ छ।
त्यस्तै, नेपालभर १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर र ५० भन्दा बढी फास्ट चार्जिङ ग्रिड विस्तार भइसकेको एथर नेपालले जनाएको छ।
यसले ग्राहकको अनुभव स्कुटर खरिद गर्ने समयसम्म मात्र सीमित नभई दैनिक प्रयोगदेखि दीर्घकालीन स्वामित्वसम्म विस्तार गर्ने कम्पनीको दाबी छ।
नयाँ ओभरटोन सिरिजमा ग्राहकको आकर्षण
एक्स्पोमा सार्वजनिक गरिएको एथर ४५० ओभरटोन सिरिज ले पनि ग्राहकको विशेष ध्यान आकर्षित गरेको थियो।
नयाँ सिरिजमा उपलब्ध प्रविधिमध्ये म्याजिक ट्विस्ट, इन्फिनाइट क्रुज र भ्वाइस अन एथर ले आगन्तुकको चासो बढाएको कम्पनीले जनाएको छ।
म्याजिक ट्विस्ट मार्फत थ्रोटलको सहज प्रयोगबाट रिजेनेरेटिभ ब्रेकिङ नियन्त्रण गर्न सकिन्छ। त्यस्तै, इन्फिनाइट क्रुज लामो दूरीको राइडलाई सहज बनाउन डिजाइन गरिएको सुविधा हो।
भ्वाइस अन एथर ले आवाजमार्फत स्कुटरसँग अन्तरक्रिया गर्ने सुविधा प्रदान गर्छ, जसले एथरको कनेक्टेड तथा प्रविधिमैत्री राइडिङ अनुभवलाई थप बलियो बनाउने कम्पनीको दाबी छ।
ओभरटोन सिरिजसँगै एथरको ४५० सिरिज र रिज्टा परिवार पनि एक्स्पोमा प्रदर्शन गरिएको थियो।
बुकिङले देखायो विद्युतीय मोबिलिटीप्रतिको बढ्दो भरोसा
एथर नेपालका लागि एक्स्पोमा प्राप्त ५०० भन्दा बढी बुकिङ बिक्रीको संख्याभन्दा पनि नेपाली ग्राहकमा विद्युतीय मोबिलिटीप्रतिको बढ्दो विश्वासको संकेत भएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार ग्राहकले अहिले स्कुटरको मूल्य वा छुट मात्र नभई ब्याट्री वारेन्टी, सर्भिस सुविधा, चार्जिङ नेटवर्क र प्रविधिसहितको सम्पूर्ण ‘ओनरसिप एक्सपेरियन्स’ लाई पनि निर्णयको आधार बनाउन थालेका छन्।
एथर नेपालले आगामी दिनमा प्रविधि, ब्याट्री विश्वसनीयता, सर्भिस पहुँच र चार्जिङ पूर्वाधार विस्तारलाई प्राथमिकता दिँदै नेपाली बजारमा विद्युतीय मोबिलिटीको अनुभवलाई थप सहज र भरपर्दो बनाउने जनाएको छ।

