२०८३, आश्विन १९ गते

images
  • अटो
  • नाइमाको अफरले बढायो म्याक्सस ई–टेरेनको आकर्षण,...

नाइमाको अफरले बढायो म्याक्सस ई–टेरेनको आकर्षण, अटो शोमा ४४ वटा गाडि बुकिङ

नाइमाको अफरले बढायो म्याक्सस ई–टेरेनको आकर्षण, अटो शोमा ४४ वटा गाडि बुकिङ

बुधवार, भाद्र ३ २०८३०८:०९
बुधवार, भाद्र ३ २०८३०८:०९
  • images

    काठमाडौँ । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटरक्स प्रालीले नाइमा मोबिलिटी एक्सपोमा ४४ वटा म्याक्सस ई टेरेन पिकअप ट्रक बुकिङ भएको जनाएको छ। जसमध्ये कम्फर्ट भर्सन ३६ वटा र प्रिमियम भर्सन ८ वटा बुकिङ भएको हो। उक्त कम्पनीले तीन हप्ता अगाडि मात्र सार्वजनिक गरेको ई टेरेन कम्फर्ट भर्सन पिकअपलाई ८८ लाख मै बजारमा प्रस्तुत गरेको थियो र नाइमा अटो शोमा रु २ लाख छुट समेत प्रदान गरेको थियो। 

    त्यसैगरी प्रिमियम भर्सनको मूल्य १ करोड २८ लाख थियो भने यस मोडलको पिकअपमा ५ लाख छुट प्रदान गरिएको थियो। यस कम्पनीले यो छुट सुविधा नाइमा मोबिलिटी एक्सपोको लागि मात्र कायम गरिएको भएतापनि धेरै ग्राहकहरूले नाइमा पछि पनि केही दिनका लागि उक्त अफर कायम राखिदिन अनुरोध गरेकोले यही भदौ १५ गतेसम्मका लागि यो छुट सुविधा यथावत राखिएको जनाएको छ। अब यो छुट सुविधा लिन इच्छुक ग्राहकहरूले हात्तीसार स्थित म्याक्ससको सोरुममा नै गएर बुकिङ गर्न सकिने कुरा कम्पनीले जानकारी दिएको छ।

    maxus.jfif

    परिवार र व्यवसायका लागि एउटै सवारीु नारा दिएर बिक्री वितरण थालेको म्याक्सस पिकअप छोटो समयमा नै नेपालमा लोकप्रिय भएको छ। विशेषगरी युवा उमेरका, कच्ची सडकहरूमा यात्रा गरिराख्नुपर्ने व्यक्तिहरू तथा क्याम्पिङमा रुचि राख्ने व्यक्तिहरूले यो सवारी साधन रुचाएको देखिन्छ। यो म्याक्सस पिकअप अन्य भन्दा एग्रेसिभ देखिनु, सुविधा सम्पन्न कारहरूमा जत्तिकै फिचरहरू लोड भएको साथै व्यवसायीक र निजी दुवै प्रयोजनका लागि उपयुक्त हुने भएका कारण पनि नेपालमा यसले छिटै बजार लिएको देखिन्छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend