काठमाडौँ । भारतीय अटोमोबाइल बजारमा उत्कृष्ट प्रदर्शन, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनका कारण चर्चा कमाएको बहुप्रतीक्षित Sierra.ev नेपाली बजारमा भित्रिएको छ। यो नयाँ विद्युतीय एसयूभीलाई आगामी नाडा अटो शो २०२६ मा औपचारिक रूपमा सार्वजनिक गरिने भएको छ।
काठमाडौँको भृकुटीमण्डपमा भदौ १० देखि १५ गतेसम्म आयोजना हुने नाडा अटो शोमा Sierra.ev को नेपाल डेब्यु हुनेछ। लन्चअघि नै नेपाली अटो बजारमा चर्चा बटुलिरहेको यो मोडलले विद्युतीय एसयूभी सेग्मेन्टमा नयाँ प्रतिस्पर्धा थप्ने अपेक्षा गरिएको छ।
प्रिमियम डिजाइन र फ्युचरिस्टिक लुक
Sierra.ev लाई आधुनिक डिजाइन, दमदार रोड प्रेजेन्स र प्रिमियम इन्टेरियरको संयोजनका रूपमा प्रस्तुत गरिएको छ। विशिष्ट बाहिरी डिजाइनसँगै आधुनिक चालकको आवश्यकता र आरामलाई ध्यानमा राखेर गाडीमा विभिन्न प्रिमियम फिचर तथा प्रविधि समावेश गरिएको बताइएको छ।
कम्पनीका अनुसार Sierra.ev को डिजाइनले परम्परागत एसयूभीको मजबुत स्वरूपलाई भविष्यको विद्युतीय सवारीको आधुनिकतासँग जोडेको छ। यसको आकर्षक रोड प्रेजेन्स नेपाली बजारमा पनि मुख्य आकर्षण बन्ने अपेक्षा गरिएको छ।
प्रदर्शन र रेन्जमा केन्द्रित
Sierra.ev लाई उत्कृष्ट ड्राइभिङ डाइनामिक्स र प्रभावशाली ब्याट्री रेन्जसहितको विद्युतीय एसयूभीका रूपमा बजारमा उतार्न लागिएको हो। नेपाली सडकको अवस्था र चालकको आवश्यकता सुहाउँदो हुने गरी मोडल भित्र्याइएको कम्पनीको भनाइ छ।
मजबुत निर्माण, दमदार पर्फर्मेन्स र विद्युतीय ड्राइभट्रेनको संयोजनले Sierra.ev लाई नेपाली ईभी बजारमा प्रिमियम विकल्पका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
नेपाली ईभी बजारमा नयाँ प्रतिस्पर्धा
नेपालमा विद्युतीय सवारीसाधनको बजार तीव्र रूपमा विस्तार भइरहेका बेला प्रिमियम एसयूभी सेग्मेन्टमा Sierra.ev को प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ। अत्याधुनिक प्रविधि, प्रिमियम फिचर र फ्युचरिस्टिक डिजाइनका कारण यो मोडलले नेपाली ग्राहकको ध्यान तान्ने अपेक्षा गरिएको छ।
भारतीय बजारमा बिक्री तथा बुकिङमा उल्लेख्य सफलता हासिल गरेको दाबी गरिएको Sierra.ev ले नेपालमा पनि विद्युतीय एसयूभीको प्रतिस्पर्धालाई थप तीव्र बनाउने देखिन्छ।
नाडा अटो शोमा Sierra.ev लाई नजिकबाट अवलोकन गर्न सकिनेछ। नयाँ पुस्ताको विद्युतीय प्रविधि, प्रिमियम डिजाइन र एसयूभीको मजबुत उपस्थितिसहित सार्वजनिक हुन लागेको यो मोडल यस वर्षको अटो शोका प्रमुख आकर्षणमध्ये एक बन्ने अपेक्षा गरिएको छ।

