२०८३, आश्विन १९ गते

images
  • अटो
  • रोयल इनफिल्ड क्लासिक ३५० को ‘गोर्खा...

रोयल इनफिल्ड क्लासिक ३५० को ‘गोर्खा एडिसन’ नेपालमा सार्वजनिक, मूल्य ५ लाख ९९ हजार

रोयल इनफिल्ड क्लासिक ३५० को ‘गोर्खा एडिसन’ नेपालमा सार्वजनिक, मूल्य ५ लाख ९९ हजार

शुक्रवार, भाद्र ५ २०८३११:२७
शुक्रवार, भाद्र ५ २०८३११:२७
  • images

    काठमाडौँ । रोयल इनफिल्डले नेपाली बजारमा लोकप्रिय क्लासिक ३५० को विशेष संस्करण ‘गोर्खा एडिसन’ सार्वजनिक गरेको छ। नेपालका लागि रोयल इनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ्सले नयाँ संस्करणको बिक्रीसमेत सुरु गरेको हो।

    कम्पनीले क्लासिक ३५० गोर्खा एडिसनको प्रारम्भिक मूल्य ५ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ। यो विशेष संस्करण भारतमा मंगलबार मात्रै सार्वजनिक गरिएको थियो।

    नयाँ गोर्खा एडिसनमा नियमित क्लासिक ३५० को तुलनामा ठूलो प्राविधिक वा डिजाइन परिवर्तन गरिएको छैन। यसको बडी प्यानल, साइकल पार्ट्स, उपकरण तथा समग्र डिजाइन नियमित क्लासिक ३५० कै आधारमा तयार गरिएको छ। यद्यपि, नयाँ रंग, विशेष ग्राफिक्स र गोर्खा एडिसनको ब्रान्डिङले यसलाई फरक पहिचान दिएको छ।

    गोर्खा एडिसनको मुख्य आकर्षण लाइट मिलिटरी अर्थात् ओलिभ ग्रीन रंग हो। सैनिक सवारीसाधनमा प्रयोग हुने हरियो रंगसँग मिल्दोजुल्दो यो रंगले मोटरसाइकललाई आकर्षक सैन्य लुक दिएको छ। गोर्खा रेजिमेन्टसँग जोडिएको पहिचानलाई समेत ध्यानमा राखेर यसको रंग तथा डिजाइन तयार गरिएको कम्पनीको भनाइ छ।

    मोटरसाइकलको साइड प्यानलमा ‘गोर्खा एडिसन’ विशेष ग्राफिक्स राखिएको छ। त्यस्तै, क्रस्ड खुकुरीको मोटिफसहितको ब्रान्डिङले यसलाई थप विशेष बनाएको छ।

    प्राविधिक रूपमा भने गोर्खा एडिसनमा नियमित क्लासिक ३५० कै ३४९ सीसी, सिंगल सिलिन्डर, एयर तथा आयल कुल्ड जे–सिरिज इन्जिन प्रयोग गरिएको छ। उक्त इन्जिनले २०.२ बीएचपी पावर र २७ एनएम टर्क उत्पादन गर्छ। इन्जिनलाई ५–स्पिड गियरबक्ससँग जोडिएको छ।

    भारतीय सेनाको प्रतिष्ठित गोर्खा रेजिमेन्टप्रति सम्मानस्वरूप ल्याइएको यो संस्करणमा सेमी–डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ। यसमा एनालग स्पिडोमिटरका साथै एलसीडी डिस्प्ले दिइएको छ।

    त्यस्तै, मोटरसाइकलमा वायर स्पोक ह्वील, दुई टुक्राको राइडर तथा पिलियन सिट, राउण्ड मिरर, क्रोम एग्जस्ट र क्रोम हेडलाइट जस्ता विशेषता रहेका छन्।

    गोर्खा एडिसनले क्लासिक ३५० को परम्परागत डिजाइनलाई कायम राख्दै नयाँ रंग र सैन्य प्रेरित ग्राफिक्समार्फत छुट्टै पहिचान बनाउने प्रयास गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend