२०८३, आश्विन १९ गते

images
  • विश्व
  • पदमा फर्किएको एक दिनमै मेक्सिकोका गभर्नर...

पदमा फर्किएको एक दिनमै मेक्सिकोका गभर्नर रोचा पुनः बिदामा

पदमा फर्किएको एक दिनमै मेक्सिकोका गभर्नर रोचा पुनः बिदामा

आइतवार, भाद्र ७ २०८३०२:०३
आइतवार, भाद्र ७ २०८३०२:०३
  • images

    पदमा फर्किएको एक दिनमै मेक्सिकन गभर्नर पुनः बिदामा

    काठमाडौँ । अमेरिकामा लागुऔषध तस्करीसम्बन्धी आरोपमा खोजीमा रहेका मेक्सिकोको सिनालोआ राज्यका गभर्नर रुबेन रोचा मोया पदमा फर्किएको एक दिनमै पुनः बिदामा बस्ने घोषणा गरेका छन् ।

    रोचाले शनिबार राज्य काङ्ग्रेसलाई ३० दिनभन्दा बढी अवधिका लागि अनिश्चितकालीन अस्थायी बिदा स्वीकृत गर्न आग्रह गर्दै सामाजिक सञ्जाल एक्समा पत्र सार्वजनिक गरेका हुन् । 

    उनले शुक्रबार मात्रै सिनालोआको नेतृत्व पुनः सम्हालेको घोषणा गरेका थिए ।  मेक्सिकन अभियोजकहरूले अनुसन्धान अघि बढाएपछि उनले यसअघि मे महिनामा पदबाट अस्थायी रूपमा अलग भएका थिए । 

    रोचाको पुनरागमनको घोषणाप्रति राष्ट्रपति क्लाउडिया शेनबाउमले शनिबार असन्तुष्टि जनाएका थिए । उनले कसैको पनि व्यक्तिगत स्वार्थलाई जनताको हितभन्दा माथि राख्न नहुने बताए । 

    पत्रकारहरूले रोचाको विषयमा सोध्दा शेनबाउमले आफूले उनको सामाजिक सञ्जालको पोस्टबाट मात्रै पदमा फर्किएको जानकारी पाएको जानकारी दिए । 

    अमेरिकी न्याय विभागले अप्रिलमा रोचासहित सत्तारूढ मोरेना पार्टीका नौ अधिकारीविरुद्ध अमेरिकामा लागुऔषध वितरण गर्न सिनालोआ कार्टेलसँग सहकार्य गरेको आरोप लगाउँदै उनीहरूलाई सुपुर्दगी गर्न माग गरेको थियो । अमेरिकाले बहालवाला मेक्सिकन राजनीतिज्ञविरुद्ध सार्वजनिक रूपमा आरोप लगाएको यो पहिलो घटना भएको बताइएको छ ।

    रोचाले शुक्रबार आफूले कुनै अपराध नगरेको दाबी गर्दै स्पष्ट विवेकका साथ पदमा फर्किएको बताएका थिए । ७७ वर्षीय रोचा राष्ट्रपति शेनबाउमको सत्तारूढ मोरेना पार्टीसँग आबद्ध हुनुहुन्छ र पूर्वराष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरका निकट सहयोगी मानिन्छन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागुऔषध नियन्त्रणका लागि मेक्सिकोलाई थप कडा कदम चाल्न दबाब दिँदै आएका छन् । उनले मेक्सिकोमा लागुऔषध तस्करीसँग सम्बन्धित राजनीतिज्ञको प्रभाव रहेको दाबी गर्दै सैन्य सहयोगको प्रस्तावसमेत गरे। शेनबाउमले भने यस्तो हस्तक्षेप अस्वीकार गर्दै आएका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend