२०८३, आश्विन १९ गते

images

JAECOO J5 Pro अब ४७.९९ लाखमा

JAECOO J5 Pro अब ४७.९९ लाखमा

मंगलवार, भाद्र ९ २०८३०२:२३
मंगलवार, भाद्र ९ २०८३०२:२३
  • images

    काठमाडौं । नेपालमा OMODA र JAECOO ब्रान्डका सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले JAECOO J5 Pro का लागि विशेष ‘NADA Special Scheme’ सार्वजनिक गरेको छ।

    NAIMA Mobility Expo 2026 मा JAECOO J5 Pro प्रति देखिएको उच्च ग्राहक आकर्षण र मागलाई ध्यानमा राख्दै कम्पनीले पहिलो १०० ग्राहकका लागि विशेष मूल्य योजना ल्याएको हो। यस योजनाअन्तर्गत JAECOO J5 Pro अब ४७ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार ११ देखि १६ अगस्ट २०२६ सम्म आयोजना भएको NAIMA Mobility Expo मा JAECOO J5 Pro प्रति ग्राहकको उल्लेखनीय चासो देखिएको थियो। सोही प्रतिक्रियापछि सीमित ग्राहकका लागि विशेष योजना ल्याइएको हो।

    त्यस्तै,NAIMA Mobility Expo कै क्रममा JAECOO J5 Pro बुकिङ गरिसकेका ग्राहकलाई समेत यही विशेष मूल्य उपलब्ध गराइने कम्पनीले जनाएको छ।

    १५५ kW मोटर, १८५ एमएम ग्राउन्ड क्लियरेन्स

    JAECOO J5 Pro मा १५५ kW क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ। उक्त मोटरले २८८ Nm टर्क उत्पादन गर्ने कम्पनीको दाबी छ। गाडीमा ५०.७ kWh ब्याट्री उपलब्ध छ।

    SUV का रूपमा आएको J5 Pro मा १८५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ। नेपाली सडकको अवस्थालाई ध्यानमा राख्दा यसले गाडीको व्यावहारिकता बढाउने कम्पनीको भनाइ छ।

    गाडीमा फुल-साइज स्पेयर टायर, ४८० लिटरको बुट स्पेस र प्यानोरामिक मुनरुफजस्ता सुविधा पनि उपलब्ध छन्। त्यस्तै, गाडीमा १९ भन्दा बढी ADAS तथा सुरक्षा फिचरहरू समावेश गरिएको कम्पनीले जनाएको छ।

    ११ वर्ष वा २ लाख ४० हजार किलोमिटर वारेन्टी

    JAECOO J5 Pro मा कम्पनीले ११ वर्ष वा २ लाख ४० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी उपलब्ध गराउने जनाएको छ। यसले लामो समयसम्म सवारीसाधन प्रयोग गर्ने ग्राहकलाई थप विश्वास दिलाउने कम्पनीको दाबी छ।

    कम्पनीका अनुसार JAECOO J5 अन्तर्राष्ट्रिय बजारमा पनि लोकप्रिय हुँदै गएको छ। विशेषगरी थाइल्यान्ड र इन्डोनेसियामा यो नम्बर एक बेस्ट सेलिङ EV SUV बनेको कम्पनीले जनाएको छ।

    JAECOO J5 Pro मा इलेक्ट्रिक मोटरको प्रदर्शनसँगै SUV को व्यावहारिकता, आधुनिक प्रविधि, सुरक्षा तथा दीर्घकालीन स्वामित्व सुविधालाई प्राथमिकता दिइएको छ।

    कम्पनीले ४७ लाख ९९ हजार रुपैयाँको NADA Special Scheme पहिलो १०० ग्राहकका लागि मात्र लागू हुने जनाएको छ। योजना तथा वारेन्टीका अन्य सर्तहरू कम्पनीले तोकेको नियमअनुसार लागू हुनेछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend