२०८३, आश्विन १९ गते

images
  • अटो
  • १० किलोवाट मोटरसहित यात्री पी–२ को...

१० किलोवाट मोटरसहित यात्री पी–२ को प्रि–बुकिङ खुला, ४१ मिनेटमै ८० प्रतिशत चार्ज

१० किलोवाट मोटरसहित यात्री पी–२ को प्रि–बुकिङ खुला, ४१ मिनेटमै ८० प्रतिशत चार्ज

बुधवार, भाद्र १० २०८३०७:३८
बुधवार, भाद्र १० २०८३०७:३८
  • images

    काठमाडौँ । नेपालमै उत्पादन भएको पहिलो इलेक्ट्रीक स्कुटर यात्री पी २ को प्रि बुकिङ खुला भएको छ । सिप्रदी यात्रीले आजदेखि सुरू भएको नाडा अटो शो २०२६ मा यात्री पी २ को प्रि बुकिङ लिन थालेको हो ।

    कम्पनीले यात्री पी २ को आधिकारिक मूल्य नतोकी बुकिङ खुलाएको हो ।यात्री पी २ को डिजाइन, डेभलपमेन्ट, उत्पादन लगायत सम्पूर्ण काम नेपालमै भएको हो ।

    यसमा १० किलोवाटको शक्तिशाली मोटर छ । नेपालमा उपलब्ध इलेक्ट्रीक स्कुटरहरूमध्ये सबैभन्दा ठूलो हो । यात्री पी २ तीन ब्याट्री अप्सनमा उपलब्ध हुनेछ । यो ३ किलोवाट आवर, ३।७ किलोवाट आवर र ५।२ किलोवाट आवरको ब्याट्री अप्सनमा पाइन्छ ।

    यात्री पी २ को रेन्ज ब्याट्री साइज अनुसार फरक फरक छ । सबैभन्दा ठूलो ५।२ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा १५७ किलोमिटर रेन्ज दिन्छ । त्यसैगरी ३।७ किलोवाट आवर क्षमताको ब्याट्रीले ११२ किलोमिटर र ३ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ९० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

    यात्रीले पी २ मा स्कुटर सेग्मेन्टमै पहिलोपटक डीसी फास्ट चार्जर दिएको छ । ३।३ किलोवाटको फास्ट चार्जरबाट यो केबल ४१ मिनेटमै ८० प्रतिशतसम्म चार्ज हुने कम्पनीको भनाइ छ ।

    यो स्कुटर होम चार्जरबाट पनि निकै छिटो अर्थात् २ घण्टा ५० मिनेटमै ८० प्रतिशतसम्म चार्ज हुन्छ । अरु स्कुटर फुलचार्ज गर्न सामान्यतया ४ देखि ७ घण्टासम्म लाग्छ ।

    यात्री पी २ स्कुटरले एन्ड्रोइड अटो र एप्पल कार प्ले पनि सपोर्ट गर्छ । रियल टाइम इनर्जी मिटर, स्मार्ट डिस्प्ले प्रयोग भएको स्कुटरको ब्याट्री म्यानेजमेन्ट सिस्टम भारतीय अटोमोटिभ रिसर्च एजेन्सी ९एआएआई० बाट प्रमाणित रहेको छ ।

    यात्री पी २ मा १३९० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । ह्वीलबेस लामो हुँदा स्कुटर उच्च गतिमा गुड्दा वा खाल्डाखुल्डी भएको बाटोमा पनि बढी सन्तुलित र स्थिर रहन्छ। साथै, लेगरुम फराकिलो हुने भएकाले आरामादायी हुन्छ ।

    यात्री पी २ मा १४ इन्चको अलोय ह्वील छ । यसको ग्राउण्ड क्लियरेन्स १७५ एमएम छ । जुन नेपाल जस्तो भौगोलिक विविधता र कच्ची सडक भएको स्थानका लागि निकै उपयोगी हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend