२०८३, आश्विन २० गते

images
  • समाचार
  • रसुवाको बाढीपछि प्रधानमन्त्रीको एक्सन, प्रभावितको उद्धारमा...

रसुवाको बाढीपछि प्रधानमन्त्रीको एक्सन, प्रभावितको उद्धारमा सबै संयन्त्र परिचालन गर्न निर्देशन

रसुवाको बाढीपछि प्रधानमन्त्रीको एक्सन, प्रभावितको उद्धारमा सबै संयन्त्र परिचालन गर्न निर्देशन

बुधवार, भाद्र १० २०८३११:५७
बुधवार, भाद्र १० २०८३११:५७
  • images

    काठमाडौं । रसुवामा बुधबार बिहान आएको बाढीबाट भएको क्षति तथा उद्धार–राहतका विषयमा छलफल गर्न प्रधानमन्त्री वालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन्।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा रसुवाको बाढीबाट हालसम्म भएको क्षतिबारे सम्बन्धित निकायले प्रधानमन्त्री शाहलाई जानकारी गराएका छन्।

    बैठकमा बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको उद्धार, खोज तथा राहत कार्यको अवस्थाबारे समेत ब्रिफिङ गरिएको थियो। त्यसक्रममा प्रधानमन्त्री शाहले आगामी दिनमा चाल्नुपर्ने कदमबारे सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिएका छन्।

    प्रधानमन्त्री शाहले विपद्को यस अवस्थामा सबै निकायलाई आ–आफ्नो जिम्मेवारीअनुसार सक्रिय भएर प्रभावित नागरिकको उद्धार, खोज तथा राहत कार्यमा खटिन आग्रह गरेका छन्।

    उनले बाढीबाट प्रभावित तथा जोखिममा रहेका नागरिकको सुरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै आवश्यक सबै संयन्त्र परिचालन गर्न निर्देशन दिएका छन्।

    रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा आएको बाढीका कारण जनधन तथा भौतिक पूर्वाधारमा क्षति पुगेको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायतका सुरक्षा निकाय परिचालन गरी उद्धार तथा खोज कार्य जारी राखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend