२०८३, आश्विन १९ गते

images
  • अटो
  • भोटेकोशी बाढीपछि नाइमाको अपिल– नदी तटीय...

भोटेकोशी बाढीपछि नाइमाको अपिल– नदी तटीय क्षेत्रका नागरिक सतर्क रहनू

भोटेकोशी बाढीपछि नाइमाको अपिल– नदी तटीय क्षेत्रका नागरिक सतर्क रहनू

बुधवार, भाद्र १० २०८३०२:०७
बुधवार, भाद्र १० २०८३०२:०७
  • images

    काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी र रसुवागढी क्षेत्रमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।

    नाइमाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा बाढीका कारण सडक तथा पुल, विद्युत् र सञ्चार पूर्वाधार, सवारीसाधन, बजार क्षेत्र, जलविद्युत् आयोजना तथा सरकारी र सुरक्षा निकायका संरचनामा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको जनाएको छ।

    बाढीबाट इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेँसी र प्रहरी चौकी रसुवागढीसमेत प्रभावित भएको नाइमाले उल्लेख गरेको छ। घटनाको पूर्ण विवरण आउन बाँकी रहेकाले मानवीय, भौतिक तथा आर्थिक क्षति अझ बढ्न सक्ने भन्दै संघले चिन्ता व्यक्त गरेको छ।

    नाइमाले बाढी प्रभावित नागरिक, परिवार, व्यवसायी, सुरक्षाकर्मी तथा स्थानीय समुदायप्रति सहानुभूति व्यक्त गर्दै खोज तथा उद्धारमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय प्रशासन तथा उद्धारकर्मीप्रति उच्च सम्मान व्यक्त गरेको छ।

    भोटेकोशी तथा त्रिशूली नदी प्रणालीसँग जोडिएका क्षेत्रमा थप जोखिम हुन सक्ने भन्दै नाइमाले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत सम्भावित प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, सुरक्षित स्थानमा रहन तथा सम्बन्धित निकायबाट जारी सुरक्षा सूचना र निर्देशन पालना गर्नसमेत अपिल गरेको छ।

    संघले विपद्को यस कठिन परिस्थितिमा प्रभावित समुदायसँग साथमा रहने प्रतिबद्धता जनाउँदै उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सरकारी तथा सुरक्षा निकायसँग आवश्यक सहकार्य गर्न तयार रहेको जनाएको छ। साथै, प्रभावित क्षेत्रको शीघ्र पुनर्स्थापनाको कामना गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend