२०८३, आश्विन २० गते

images
  • समाचार
  • भोटेकोशी–त्रिशूलीमा गएको बाढीबाट १९ वटा पुलमा...

भोटेकोशी–त्रिशूलीमा गएको बाढीबाट १९ वटा पुलमा क्षति

भोटेकोशी–त्रिशूलीमा गएको बाढीबाट १९ वटा पुलमा क्षति

बुधवार, भाद्र १० २०८३०२:५२
बुधवार, भाद्र १० २०८३०२:५२
  • images

    काठमाडौँ । भोटेकोशी–त्रिशूलीमा गएको बाढीका त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति भएको सडक विभागले जनाएको छ ।

    सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेका अनुसार बाढीका कारण हालसम्म त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ । त्यस्तै, कम्तीमा ४० किलोमिटर सडकमा क्षति पुग्नुका साथै सडक भत्किएको उनको भनाइ छ ।

    न्यौपानेका अनुसार क्षतिग्रस्त क्षेत्रमा सडक विभागले भारी उपकरण तथा मेसिन परिचालन गरी सडक तथा पुलको अवस्था सुधार गर्ने काम अघि बढाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend