२०८३, आश्विन २० गते

images
  • समाचार
  • हवाई ट्राफिक बढेपछि बाढी प्रभावित क्षेत्रमा...

हवाई ट्राफिक बढेपछि बाढी प्रभावित क्षेत्रमा निजी हेलिकप्टर उडानमा कडाइ

हवाई ट्राफिक बढेपछि बाढी प्रभावित क्षेत्रमा निजी हेलिकप्टर उडानमा कडाइ

बिहिवार, भाद्र ११ २०८३१०:५३
बिहिवार, भाद्र ११ २०८३१०:५३
  • images

    काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा प्रयोग भइरहेका निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न निर्देशन दिइएको छ।

    आफ्नै ढंगले हेलिकप्टर सञ्चालन गर्दा प्रभावित क्षेत्रमा हवाई ट्राफिक बढेर सम्भावित दुर्घटनाको जोखिम बढ्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरेको हो।

    प्राधिकरणले रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवनका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै हेलिकप्टरमार्फत खोज तथा उद्धार गर्नुपर्ने अवस्था आएमा जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गरी व्यवस्थित रूपमा उद्धार कार्य अघि बढाउन निर्देशन दिएको छ।

    सेनाको हेलिकप्टर परिचालन गर्नुपर्ने भए सम्बन्धित जिल्ला सुरक्षा समितिले नेपाली सेनाको स्थानीय टोलीसँग समन्वय गर्नुपर्नेछ। निजी हेलिकप्टर आवश्यक परेको अवस्थामा भने प्राधिकरणले तोकेका सम्पर्क व्यक्तिमार्फत तत्काल हेलिकप्टरको व्यवस्था गर्न भनिएको छ।

    निजी हेलिकप्टर व्यवस्थापनका लागि प्राधिकरणले हेली एभरेस्टका सचित अर्याल, अल्टिच्युड एयरका मिङ्मा शेर्पा र एयर डाइनास्टीका बालकृष्ण पण्डितलाई सम्पर्क व्यक्ति तोकेको छ।

    बाढी प्रभावित क्षेत्रमा जथाभावी हेलिकप्टर उडान गर्दा हवाई ट्राफिक व्यवस्थापनमा समस्या आउनुका साथै सम्भावित हेलिकप्टर दुर्घटना तथा अन्य प्राविधिक जोखिम बढ्न सक्ने भएकाले सरकारी समन्वयमा मात्रै उडान सञ्चालन गर्न भनिएको प्राधिकरणले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend