२०८३, आश्विन १९ गते

images
  • उर्जा
  • रसुवागढी जलविद्युत् आयोजनाबाट ९३ जना सम्पर्कविहीन,...

रसुवागढी जलविद्युत् आयोजनाबाट ९३ जना सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि टोली परिचालन

रसुवागढी जलविद्युत् आयोजनाबाट ९३ जना सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि टोली परिचालन

सोमवार, भाद्र १५ २०८३१०:१४
सोमवार, भाद्र १५ २०८३१०:१४
  • images

    काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनहरुको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ । 

    यही भदौ १० गते विहान  भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारणले १११ मेगावाट क्षमताको  सो आयोजनामा कार्यरत रहेका ९३ जना सम्पर्कविहीन भएका छन् । नेपाली  सेनाको हेलिकप्टरबाट  प्राविधिक तथा विज्ञ टोली मार्फत्  रेकी गर्नेलगायतका काम भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयले जनाएको छ । 

    स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अनुसार रसुवागढी जलविद्युत् आयोजनामा परेर ९३ जना सम्पर्कविहीन भएको बताइएको छ । 

    इप्पानका अनुसार सम्पर्कविहीन हुनेमा रसुवागढी हाइड्रोपावर कम्पनीका ४९ जना कर्मचारी छन् ।  दुई जना ज्यालादारीका कर्मचारी छन् । निर्माणमा खटिएका शेर्पा हाइड्रो कन्स्ट्रक्सनका ३५ जना सम्पर्कविहीन छन् । सिडब्लुईका चार, भनस कन्स्ट्रक्सनका तीनसम्पर्कविहीन भइरहेका छन् । 

    भूमिगत डिसेन्डरमा फसेका छ जनामध्ये चार जना दुई दिन लगाएर आफैँ बाहिर निस्कन सफल भएपछि उनीहरुको सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend