२०८३, आश्विन १९ गते

images
  • समाचार
  • १० दिनपछि सुरुङबाट निकालिएका दुई जनाको...

१० दिनपछि सुरुङबाट निकालिएका दुई जनाको दाबी, भित्र रहेका सबै सुरक्षित छन्

१० दिनपछि सुरुङबाट निकालिएका दुई जनाको दाबी, भित्र रहेका सबै सुरक्षित छन्

शुक्रवार, भाद्र १९ २०८३१०:२९
शुक्रवार, भाद्र १९ २०८३१०:२९
  • images

    काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सबै मानिस सकुशल रहेको उद्धार गरिएका सञ्जय साहले जानकारी दिएका छन्।

    १० दिनदेखि सुरुङभित्र फसेका साह र कविर महर्जनलाई उद्धारकर्ताले केहीबेरअघि सकुशल बाहिर निकालेका हुन्। उद्धारपछि साहले सुरुङभित्र अझै फसेका मानिसहरूको अवस्थाबारे जानकारी दिँदै सबै जना सकुशल रहेको बताएका हुन्।

    uddhar2.jpg

    साह मेकानिकल फोरम्यान हुन् भने महर्जन मेकानिकल सुपरभाइजर हुन्। उद्धार गरिएका साह र महर्जनलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ। सुरुङभित्र अन्य मानिस अझै रहेकाले उनीहरूको उद्धार कार्य जारी छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend