२०८३, आश्विन १९ गते

images
  • समाचार
  • प्राधिकरणले भन्योः उद्धार गरेका दुबै कर्मचारीको...

प्राधिकरणले भन्योः उद्धार गरेका दुबै कर्मचारीको अवस्था सामान्य, हेरचाह र उपचारमा सम्पूर्ण सहयोग गछौँ

प्राधिकरणले भन्योः उद्धार गरेका दुबै कर्मचारीको अवस्था सामान्य, हेरचाह र उपचारमा सम्पूर्ण सहयोग गछौँ

शुक्रवार, भाद्र १९ २०८३१२:५७
शुक्रवार, भाद्र १९ २०८३१२:५७
  • images

    काठमाडौँ । भोटेकोशीमा आएको बाढीका क्रममा उद्धार गरिएका नेपाल विद्युत प्राधिकरणका दुवै जना कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। हाल उनीहरूको छाउनीस्थित वीरेन्द्र अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले अस्पताल पुगी उपचाररत कर्मचारीहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । 

    अस्पताल स्रोतका अनुसार दुवै कर्मचारीको स्वास्थ्यमा सुधार आएको छ र उनीहरू सामान्य कुराकानी गर्न सक्ने अवस्थामा रहेका छन्। प्राधिकरणले उनीहरूको पूर्ण उपचार र हेरचाहका लागि आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend