२०८३, आश्विन १९ गते

images
  • समाचार
  • त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा...

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

शुक्रवार, भाद्र १९ २०८३०१:१४
शुक्रवार, भाद्र १९ २०८३०१:१४
  • images

    काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ ।
    अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा गोपाल चौधरीले अस्पतालमा ल्याइएकामध्ये १७४ शवको परीक्षण भइसकेको जानकारी दिए ।

    त्यस्तै अस्पतालमा ल्याएको हालसम्मम २४ जनाको शव मात्र पहिचान गरी परिवार तथा आफन्तलाई जिम्मा लगाइएको अस्पतालले जनाएको छ । 

    अस्पतालमा ल्याएकामध्ये १५१ शव र १० वटा शबका विभिन्न अङ्गसहित १६१ शवको व्यवस्थापन भएको डा चौधरीले बताउनुभयो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend