२०८३, आश्विन १९ गते

images
  • समाचार
  • चुमनुब्रीमा थेराङ खोलाको बाढीले चार घर...

चुमनुब्रीमा थेराङ खोलाको बाढीले चार घर बगायो, मनास्लु पदयात्रा प्रभावित

चुमनुब्रीमा थेराङ खोलाको बाढीले चार घर बगायो, मनास्लु पदयात्रा प्रभावित

आइतवार, भाद्र २१ २०८३०७:३६
आइतवार, भाद्र २१ २०८३०७:३६
  • images

    काठमाडौँ । गोरखा जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर बग्ने थेराङ खोलाको बाढीले चार घर र एक पुल बगाएको छ । आज विहान आएको बाढीले चुमनुब्री ४ स्थित नाम्रुङकानुर्वु ओङ्ग्याल ९नुर्वु छिरिङ०, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    बाढीबाट मानवीय क्षति भने नभएको कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । बाढी आएको बारे थाहा पाएर स्थानीयवासी भागेर ज्यान जोगाएका उनले बताए । बाढीले सोही ठाउँको झोलुङ्गे पुल पनि बगाएको कार्यालयले जनाएको छ । 

    पुल बाढीले लगेपछि मनास्लु पदयात्रामा गएका पर्यटकहरु समस्यामा पर्ने जनाइएको छ ।  चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले अल्पकालीन रुपमा हिँड्न मिल्ने गरी स्थानीयले केही उपाय गर्न सक्ने बताए । 

    खोलाको मुहानी भेगतिर केही बेर थुनिएर लेदोसहित आएको बाढीले क्षति पु¥याएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । सो खोला बूढीगण्डकीसँग मिसिने हुँदा बूढीगण्डकीको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend