२०८३, आश्विन १९ गते

images

रसुवामा हैजा रोकथामको तयारी तीव्र, २१ हजार डोज खोप पठाइयो

रसुवामा हैजा रोकथामको तयारी तीव्र, २१ हजार डोज खोप पठाइयो

आइतवार, भाद्र २१ २०८३१२:४०
आइतवार, भाद्र २१ २०८३१२:४०
  • images

    काठमाडौँ । बाढी तथा पहिरोपछि पानीजन्य रोगको जोखिम बढेसँगै रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ।

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो। बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको संक्रमण फैलिन नदिन खोपसँगै औषधि र आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापनलाई तीव्रता दिइएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि आवश्यक औषधि, खोप, स्वास्थ्य सामग्री र जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको छ।

    मन्त्रीको निर्देशनपछि प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, रोग निगरानी बढाउने, सुरक्षित खानेपानी र सरसफाइमा विशेष ध्यान दिने तथा आवश्यकताअनुसार स्वास्थ्यकर्मी परिचालन गर्ने काम अघि बढाइएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

    बाढीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेपछि दूषित पानीबाट फैलिने हैजा लगायतका रोगको जोखिम बढेको हो। त्यसैले प्रभावित क्षेत्रमा रोगको रोकथाम, शीघ्र पहिचान तथा समयमै उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend