२०८३, आश्विन १९ गते

images
  • समाचार
  • देशभर मनसुनी प्रभाव कायम, यी प्रदेशमा...

देशभर मनसुनी प्रभाव कायम, यी प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी प्रभाव कायम, यी प्रदेशमा भारी वर्षाको सम्भावना

बुधवार, भाद्र २४ २०८३०७:१४
बुधवार, भाद्र २४ २०८३०७:१४
  • images

    काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको मौसम विज्ञान विभाग, जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    हाल कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका सबै भूभाग तथा गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षा भइरहेको  महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । 

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा बाँकी तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । 

    मधेस प्रदेश, कोशी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग तथा बागमती र गण्डकी प्रदेशका  हिमाली, पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना पनि महाशाखाले जनाएको छ । 

    तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend