२०८३, आश्विन १९ गते

images

सूचना प्रविधिमा बढ्यो विदेशी लगानीकर्ताको आकर्षण, ७२७ परियोजनामा लगानी प्रतिबद्धता

सूचना प्रविधिमा बढ्यो विदेशी लगानीकर्ताको आकर्षण, ७२७ परियोजनामा लगानी प्रतिबद्धता

शुक्रवार, भाद्र २६ २०८३१०:४२
शुक्रवार, भाद्र २६ २०८३१०:४२
  • images

    काठमाडौँ । मुलुकमा पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण बढेको पाइएको छ ।

    उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा विदेशी उद्योगी तथा लगानीकर्ताबाट ५८ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ ।

    आव २०८२/८३ मा विभिन्न एक हजार ११६ परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएकोमा सूचना प्रविधितर्फ मात्रै ७२७ परियोजना रहेका छन् ।  उत्पादनमूलक क्षेत्रमा ६३, ऊर्जामूलकमा चार, कृषिमूलकमा १८, पर्यटनमा २२७, खनिजमा चार, सेवामूलकमा ७१ र पूर्वाधारमूलक क्षेत्रमा दुई परियोजनाका लागि लगानी प्रतिबद्धता आएको छ ।

    आव २०८१र८२ मा विभिन्न ८४२ परियोजनाका लागि रु। ६४ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको थियो । राजनीतिक स्थायित्व, लगानीको सुरक्षा र सरल नीतिगत व्यवस्थाका कारण वैदेशिक लगानीको प्रतिबद्धता बढेको जनाइएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend