२०८३, आश्विन १९ गते

images
  • समाचार
  • भरतपुरमा ईभीमा जलेर मृत्यु भएका पुरुष...

भरतपुरमा ईभीमा जलेर मृत्यु भएका पुरुष अमर पराजुली रहेको खुलासा

भरतपुरमा ईभीमा जलेर मृत्यु भएका पुरुष अमर पराजुली रहेको खुलासा

शुक्रवार, भाद्र २६ २०८३०१:४७
शुक्रवार, भाद्र २६ २०८३०१:४७
  • images

    काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोकमा विद्युतीय कार (ईभी) मा आगलागी हुँदा ज्यान गुमाएका चालकको पहिचान खुलेको छ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब ६ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत बसन्तचोकको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र.०१–०३० च ५५७९ नम्बरको ईभी कारमा आगलागी भएको थियो।

    स्थानीयका अनुसार कार गुडिरहेको अवस्थामा अचानक आगलागी भएको थियो। दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र एक जना पुरुष जलेको अवस्थामा मृत फेला परेका थिए।

    प्रहरी नायव उपरीक्षक (डीएसपी) चन्द्रभूषण यादवका अनुसार मृतक कार चालक अमर पराजुली रहेको खुलेको हो। पराजुली नारायणी विद्या मन्दिर, शिवघाटका पूर्वसञ्चालकसमेत रहेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार पराजुली आज बिहान कार चलाएर हेटौँडाबाट भरतपुरतर्फ आउँदै थिए। बसन्तचोकमा पुग्दा कारमा आगलागी भएको हो।

    घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend