२०८३, आश्विन १९ गते

images

धुलिखेलमा इन्डो–नेपाल कराते प्रतियोगिता हुँदै

धुलिखेलमा इन्डो–नेपाल कराते प्रतियोगिता हुँदै

सोमवार, आषाढ ३ २०८११०:१९
सोमवार, आषाढ ३ २०८११०:१९
  • images

    काठमाडौँ । काभ्रेपलाञ्चोकको धुलिखेलमा छैटौँ इन्डो–नेपाल फ्रेण्डसीप सोतोकान कराते च्याम्पियनसीप प्रतियोगिता आयोजना हुने भएको छ । 

    नेपाल सोतोकान कराते सङ्घको आयोजनामा यही असार ७ र ८ गते धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय कबर्ड हलमा हुने प्रतियोगितामा नेपाल र भारतका छ सय जना खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

    सोमबार बनेपामा आयोजित पत्रकार सम्मेलनमा छिमेकी देश भारतका २५ प्रान्तबाट छनौट गरिएका दुई सय ५० र नेपालका ४९ जिल्लाका तीन सय ५० खेलाडीले च्याम्पियनसीपमा प्रतिस्पर्धा गर्ने जानकारी दिइयो ।

    सार्क एसियाली र ओलम्पिक जस्ता ठूला खेललाई टेवा पु¥याउने तथा खेलाडीमार्फत दुई देशबीच भाइचाराको सम्बन्ध स्थापित गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सङ्घका प्रमुख प्रशिक्षक हेमकुमार श्रेष्ठले जानकारी दिए ।

    श्रेष्ठका अनुसार प्रतियोगितामा पाँच वर्षदेखि नौ वर्षसम्मका १५ देखि ३५ किलोग्राम (केजी) तौलसम्मका केटा र केटीले अलगअलग तथा व्यक्तिगत रूपमा प्रतिस्पर्धा गर्नेछन् भने १० देखि १२ वर्षसम्मका २५ देखि ५० केजी,  १३ देखि १५ वर्ष, १६ देखि १८ वर्ष, १९ देखि ४० वर्ष र खुला रूपमा पनि प्रतिस्पर्धा गर्नेछन् । ४० वर्ष माथिले भने व्यक्तिगत काँतालगायतमा प्रतिस्पर्धा गर्नेछन् ।  

    प्रतियोगिता आयोजनाका लागि व्यवस्थापन अन्तिम चरणमा पुगेको श्रेष्ठले बताउनुभयो । सङ्घले पाँचौँ प्रतियोगिता काठमाडौँस्थित दशरथ रङ्गशालामा आयोजना गरेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend