२०८३, आश्विन १९ गते

images

संविधान दिवसमा नेपाल टेलिकमको अफर, ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा

संविधान दिवसमा नेपाल टेलिकमको अफर, ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा

सीएनएन खबर
बिहिवार, आश्विन १ २०८३०५:१५
सीएनएन खबर
बिहिवार, आश्विन १ २०८३०५:१५
  • images

    काठमाडौँ । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि संविधान दिवस अफर २०८३ ल्याएको छ । अफर अन्तर्गत अनलिमिटेड लाइट र अनलिमिटेड प्रो गरी दुई प्रकारका डाटा प्याकेजहरू उपलब्ध गराइने छ ।

    यस अफर अन्तर्गत ४९९ (कर सहित) मा अनलिमिटेड लाइट ४९९  प्याकेज प्राप्त गर्न सकिनेछ । यस प्याकेजमा ३० दिनसम्म दैनिक ५ जीबी डाटा प्राप्त हुनेछ । ५ जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ ।

    त्यसैगरी, बढी डाटा प्रयोग गर्ने ग्राहकहरूका लागि ६९९ (कर सहित) अनलिमिटेड प्रो ६९९  प्याकेज उपलब्ध गराइएको छ । यस प्याकेज अन्तर्गत ३० दिनसम्म दैनिक १० जीबी डाटा प्राप्त हुनेछ । १० जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ ।

    पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुको हकमा रेन्टल चार्ज समेत प्याकेजमा समावेश गरिएको छ । 

    यो अफर यही २०८३ असोज ०२ गतेदेखि असोज ०४ गतेसम्म (तीन दिन) उपलब्ध हुने छ । अफर प्राप्त गर्नका लागि ग्राहकहरूले आफ्नो मोबाइलबाट ८ज्ञद्धज्ञछ८ज्ञज्ञ३ डायल गर्न वा नेपाल टेलिकम एपको प्रयोग गर्न सक्नु हुनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend