काठमाडौँ । टोयोटाको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट ९यूटीएस० ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ।
यूटीएसले टोयोटा मोटर एसिया र टोयोटा सुशो एसिया प्यासिफिकसँगको समन्वयमा उक्त रकम विपद् राहत कोषमा योगदान गरेको जनाएको छ।
नेपालमा पछिल्लो समय विभिन्न क्षेत्रमा देखिएको प्राकृतिक विपद्बाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो।
यूटीएसका अनुसार टोयोटा समूहले विपद्का बेला नेपाल र नेपाली समुदायसँग ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोग गर्दै आएको छ। यसपटकको सहयोगले विपद् प्रभावितलाई राहत उपलब्ध गराउन तथा थप सुदृढ र उत्थानशील समुदाय निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
‘स्ट्यान्डिङ टुगेदर फर आवर नेपाल’ भन्ने भावनासहित टोयोटा समूहले नेपालका कठिन परिस्थितिमा समुदायसँगै उभिने प्रतिबद्धता व्यक्त गरेको छ।

