२०८३, आश्विन १९ गते

images

नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्ब ४४ करोडको कारोबार

नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्ब ४४ करोडको कारोबार

बिहिवार, आश्विन ८ २०८३०३:५६
बिहिवार, आश्विन ८ २०८३०३:५६
  • images

    काठमाडौँ । बिहीबार सेयर बजारमा सुधार आएको छ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ११.७७ अंकले बढेर २ हजार ६२९.८१ बिन्दुमा पुगेको छ ।

    बजार परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार ३९५ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बिहीबार ५ अर्ब ४४ करोड ७३ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

    बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक बढेको छ भने एक उपसमूहको सूचक घटेको छ । आज निर्जीवन बीमा उपसमूहको सूचक घटेको हो ।

    आज १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ७ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।

    बिहीबार सबैभन्दा धेरै नेपाल ल्युब आयलका लगानीकर्ताले कमाएका छन् । कम्पनीको सेयर मूल्य १२.४७ प्रतिशतले बढेको छ । त्यस्तै, सबैभन्दा धेरै मिड सोलु जलविद्युत् कम्पनीको सेयर मूल्य घटेको छ । कम्पनीको सेयर मूल्य ११.५८ प्रतिशतले घटेको हो ।

    कारोबार रकमका आधारमा बिहीबार शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३५ करोड ८१ लाख ९ हजार १८१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    त्यस्तै, हिमालयन डिस्टिलरीको ३५ करोड १६ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend