२०८३, आश्विन १९ गते

images

सेयर बजार ४.८२ अंकले घट्यो, कारोबार रकम भने बढेर ४ अर्ब ७६ करोड पुग्यो

सेयर बजार ४.८२ अंकले घट्यो, कारोबार रकम भने बढेर ४ अर्ब ७६ करोड पुग्यो

सीएनएन खबर
बुधवार, आश्विन १४ २०८३०३:४३
सीएनएन खबर
बुधवार, आश्विन १४ २०८३०३:४३
  • images

    काठमाडौँ । बुधबार सेयर बजार घटेको छ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक ४.८२ अंकले घटेर २५९८.८९ बिन्दुमा झरेको छ ।

    आज सेयर बजार घटेपनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् मंगलबार ४ अर्ब ६५ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

    आज १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। आज व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.१८ प्रतिशत बढेको छ। आज जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको छ ।

    आज सिन्धु विकास बैंकको सेयरमूल्य सर्वाधिक १४.३७ प्रतिशत बढेको छ । आज सयपत्री हाइड्रोपावरको सेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने घलेम्दी हाइड्रोको सेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ ।
    कारोबार रकमका आधारमा यस दिन घलेम्दी हाइड्रो उच्च स्थानमा रहेको छ । आज यस कम्पनीको ३९ करोड ४८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend