२०८३, आश्विन १९ गते

images

मुनलाइट हाइड्रोपावरको ९२ करोड ४१ लाख रुपैयाँको शेयर प्रत्याभूति ज्योति क्यापिटलले गर्ने

मुनलाइट हाइड्रोपावरको ९२ करोड ४१ लाख रुपैयाँको शेयर प्रत्याभूति ज्योति क्यापिटलले गर्ने

बुधवार, आश्विन १४ २०८३०४:०१
बुधवार, आश्विन १४ २०८३०४:०१
  • images

    काठमाडौँ । मुनलाइट हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको साधारण शेयरको प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल लिमिटेड नियुक्त भएको छ।

    कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको ९२ लाख ४१ हजार ४२६ कित्ता साधारण शेयरको प्रत्याभूति ज्योति क्यापिटलले गर्ने भएको हो। प्रतिकित्ता १०० रुपैयाँका दरले उक्त शेयरको कुल मूल्य ९२ करोड ४१ लाख ४२ हजार ६०० रुपैयाँ बराबर रहेको छ।

    यससम्बन्धी शेयर प्रत्याभूति सम्झौतामा मुनलाइट हाइड्रोपावर र ज्योति क्यापिटलबीच हस्ताक्षर भएको छ।

    काठमाडौँमा आयोजित एक समारोहमा ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र मुनलाइट हाइड्रोपावरका सञ्चालक समितिका अध्यक्ष कल्याण विक्रम न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

    सम्झौताअनुसार मुनलाइट हाइड्रोपावरले सर्वसाधारणका लागि निष्कासन गर्ने उक्त शेयरको प्रत्याभूति ज्योति क्यापिटलले गर्नेछ।

    ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ। नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङ कारोबारका लागि अनुमति प्राप्त क्यापिटलले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूति तथा शेयर रजिस्ट्रारलगायतका सेवा प्रदान गर्दै आएको जनाएको छ।

    मुनलाइट हाइड्रोपावरले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको शेयरको प्रत्याभूतिका लागि ज्योति क्यापिटलसँग सम्झौता गरेसँगै कम्पनीको सार्वजनिक निष्कासन प्रक्रियामा थप औपचारिकता अघि बढेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend