२०८३, आश्विन १९ गते

images

११.९० अंकले घट्यो नेप्से परिसूचक, कारोबार ४ अर्ब २९ करोडमा सीमित

११.९० अंकले घट्यो नेप्से परिसूचक, कारोबार ४ अर्ब २९ करोडमा सीमित

शुक्रवार, आश्विन १६ २०८३०३:४४
शुक्रवार, आश्विन १६ २०८३०३:४४
  • images

    काठमाडौँ । शुक्रबार सेयर बजार घटेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ११.९० अंकले घटेर २५८७.२५ बिन्दुमा पुगेको छ ।

    सेयर बजारसंगै आज कारोबार रकम पनि घटेको छ । बिहीबार  ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार रुपैयाँबराबरको कारोबार सेयर कारोबार भएको बजारमा आज ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    आज कारोबारमा आएको २०७ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ भने ६१ कम्पनीको सेयर मूल्य बढेको छ । बाँकी ११ कम्पनीको सेयर मूल्य यथावत् रहेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend