२०८३, आश्विन २० गते

images

वाणिज्य बैंकहरुको नाफा १७.६९ अर्ब, कुनको कति ?

वाणिज्य बैंकहरुको नाफा १७.६९ अर्ब, कुनको कति ?

आइतवार, कार्तिक ४ २०८१०४:५७
आइतवार, कार्तिक ४ २०८१०४:५७
  • images

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो महिना भदौसम्म सर्वाधिक नाफा कमाउने वाणिज्य बैंकमा नबिल रहेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको भदौसम्मको तथ्यांकले यस्तो देखाएको हो।

    तथ्यांकका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा २० वाणिज्य बैंकहरुले १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। यस अवधिसम्म नबिलले १ अर्ब ६६ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन बैंकहरुमा सबैभन्दा धेरै हो।

    यसैगरी दोस्रो धेरै नाफा कमाउने बैंकमा ग्लोबल आइएमई रहेको छ। यो बैंकले दुई महिनामा १ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। धेरै नाफा कमाउने बैंकमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले तेस्रो स्थानमा रहेको छ। यो बैंकले १ अर्ब ४१ करोड २८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

    त्यस्तै भदौसम्म हिमालयन बैंकले १ अर्ब १६ करोड ८१ लाख रुपैयाँ र कुमारी बैंकले १ अर्ब ८ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
    बाँकी १५ वटा बैंकको नाफा अर्ब मुनि रहेको छ। सबैभन्दा कम नाफा माछापुच्छ्रे बैंकको देखिएको छ। यो बैंकले चालु आर्थिक वर्षको दुई महिनामा ३९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

    नेपाल बैंक– ६७ करोड ८२ लाख रुपैयाँ
    राष्ट्रिय वाणिज्य बैंक– ८८ करोड ३ लाख रुपैयाँ
    नबिल बैंक– १ अर्ब ६६ करोड ६९ हजार रुपैयाँ
    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक– १ अर्ब ४१ करोड रुपैयाँ
    स्ट्यान्र्ड चार्टर्ड बैंक– ६० करोड ६० लाख रुपैयाँ
    हिमालयन बैंक– १ अर्ब १६ करोड ८१ लाख रुपैयाँ
    एसबीआई बैंक– ५३ करोड ३० लाख रुपैयाँ
    एभरेष्ट बैंक– ८२ करोड ५५ लाख रुपैयाँ
    एनआईसी एसिया बैंक– ५७ करोड ७५ लाख रुपैयाँ
    माछापुच्छ्रे बैंक– ३९ करोड २५ लाख रुपैयाँ
    कुमारी बैंक– १ अर्ब ८ करोड ५० लाख रुपैयाँ
    लक्ष्मी सनराइज बैंक– ८६ करोड ४६ लाख रुपैयाँ
    सिद्धार्थ बैंक– ६० करोड ५६ लाख रुपैयाँ
    कृषि विकास बैंक– ८८ करोड ७० लाख रुपैयाँ
    ग्लोबल आईएमई बैंक– १ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ
    सिटिजन इन्टरनेशनल बैंक– ५८ करोड ९८ लाख रुपैयाँ
    प्राइम कमर्सियल बैंक– ९७ करोड ४६ लाख रुपैयाँ
    एनएमबि बैंक– ७८ करोड २ लाख रुपैयाँ
    प्रभु बैंक– ९१ करोड ३२ लाख रुपैयाँ
    सानिमा बैंक– ६८ करोड ९२ लाख रुपैयाँ

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend