काठमाडौँ । दसैंपछिको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक ४.३४ अंकले घटेर २ हजार ६२९ विन्दुमा कायम भएको हो । आज ९९ कम्पनीको शेयर मूल्य बढ्दा १७१ कम्पनीको मूल्य घटेको छ।
दिनभरिमा ३४१ कम्पनीका १ करोड ३ लाख ४३ हजार ७०९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
आज कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको २३ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, शिवम् सिमेन्टको २० करोड ५८ लाख रुपैयाँ र माउन्टेन इनर्जी नेपालको १७ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज बेनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको शेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ।
त्यस्तै, माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ५.८१ प्रतिशत र सोनापुर मिनरल्स एन्ड आयलका लगानीकर्ताले ५ प्रतिशत कमाएका छन्।
आज चिरख्वा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। कम्पनीको शेयर मूल्य ७.९२ प्रतिशतले घटेको छ।
दशैंपछिको पहिलो कारोबारमा नेप्से सामान्य घटे पनि ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

