२०८३, मंसिर ७ गते

नेप्सेमा ५.४५ अंकको गिरावट, कारोबार रकम बढेर ८ अर्ब ८९ करोड पुग्यो

नेप्सेमा ५.४५ अंकको गिरावट, कारोबार रकम बढेर ८ अर्ब ८९ करोड पुग्यो

images
शुक्रवार, कार्तिक १३ २०८३०३:२६
शुक्रवार, कार्तिक १३ २०८३०३:२६
  • images

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार घटेको छ ।  शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक ५.४५ अंक घटेर २६९०.१५ विन्दुमा झरेको छ।

    सेयर बजार घटेको भएता पनि आज कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ८ अर्ब ५७ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज ८ अर्ब ८९ करोड १५ लाख ७४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको हो ।

    आज कारोबारमा आएको १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ। आज विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.६१ प्रतिशत बढेको छ। आज म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।

    बेनी हाइड्रोपावर कम्पनीको सेयरमूल्य आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबार रकमका आधारमा आज लुम्बिनी विकास बैंक शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज ३८ करोड ४८ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend