काठमाडौँ । नेपाली सेयर बजारमा सबैभन्दा महँगो शेयर मूल्य भएको कम्पनी युनिलिभर नेपाल लिमिटेडले लाभांश पनि सबैभन्दा धेरै घोषणा गरेको छ ।
कम्पनीको कार्तिक १३ गते भर्चुअल माध्यमबाट सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२।८३ को लागि वितरण गर्ने ५४० प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई प्रतिशेयर १५४० रुपैयाँको दरले नगद लाभांश वितरण हुने छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ९ देखि मङ्सिर २३ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । बुकक्लोज अनुसार मङ्सिर ८ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन र साधारण सभामा भाग लिन सक्नेछन् ।
नेप्सेमा सुचीकृत कम्पनीहरुको मध्ये युनिलिभर नेपालको शेयर मूल्य प्रति कित्ता ४८ हजार १ रुपैयाँ रहेको छ ।

