२०८३, मंसिर ७ गते

  • खेलकुद
  • सिद्धार्थ बैंक एनपीएलमा कर्णालीलाई ४ विकेटले...

सिद्धार्थ बैंक एनपीएलमा कर्णालीलाई ४ विकेटले हराउँदै काठमाडौं गोर्खाजको पहिलो जित

सिद्धार्थ बैंक एनपीएलमा कर्णालीलाई ४ विकेटले हराउँदै काठमाडौं गोर्खाजको पहिलो जित

images
सोमवार, कार्तिक १६ २०८३०४:३९
सोमवार, कार्तिक १६ २०८३०४:३९
  • images

    राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले हराएको छ । लगातार तेस्रो जितको खोजीमा रहेको कर्णालीको यात्रामा काठमाडौंले ब्रेक लगाएको हो ।

    दुई खेलमा काठमाडौंको यो पहिलो जित हो । जितका लागि पाएको १८१ रनको विशाल लक्ष्य काठमाडौंले १९।४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। जसमा राशिद खानले ५० र कप्तान करण केसीले ४४ रनको योगदान गरे।

    कर्णालीका कप्तान सोमपाल कामी र हुसैन तलतले २/२ विकेट लिए। यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १८० रन बनायो ।

    जसमा अरिफूल स्लामले ४४,हुसैन तलतले ४०, पवन सराफले ३० रनको योगदान गरे । काठमाडौंका कप्तान करण केसीले २ विकेट लिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend