२०८३, मंसिर ७ गते

  • खेलकुद
  • एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–जनकपुर...

एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–जनकपुर र लुम्बिनी–पोखरा भिड्दै

एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–जनकपुर र लुम्बिनी–पोखरा भिड्दै

images
मंगलवार, कार्तिक १७ २०८३०७:३६
मंगलवार, कार्तिक १७ २०८३०७:३६
  • images

    काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुदैछन् ।

    कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आजको पहिलो खेलमा दिउँसो १२ः३० बजे विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

    जारी प्रतियोगितामा विराटनगरले एक जित र २ हार बेहोरेको छ भने जनकपुरले ३ खेलमा २ जित र एक हार बेहोरेको छ ।

    त्यसैगरी, आज दोस्रो खेल साँझ ५ बजेदेखि लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।

    लुम्बिनीले २ खेलमा एक जित र एक खेल वर्षाले रद्द हुँदा अंक बाँडेको छ भने पोखरा एभेन्जर्सले आफ्ना सुरुवाती दुवै खेलमा हार बेहोरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend