२०८३, मंसिर ७ गते

  • खेलकुद
  • एनपीएलमा आज दुई खेल हुँदै, पहिलो...

एनपीएलमा आज दुई खेल हुँदै, पहिलो खेलमा विराटनगर र पोखरा भिड्दै

एनपीएलमा आज दुई खेल हुँदै, पहिलो खेलमा विराटनगर र पोखरा भिड्दै

images
सीएनएन खबर
बिहिवार, कार्तिक २६ २०८३०७:३३
सीएनएन खबर
बिहिवार, कार्तिक २६ २०८३०७:३३
  • images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछ ।

    आज दिउँसो साढे १२ बजेदेखि सुरु हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछ ।

    जारी प्रतियोगितामा विराटनगर किंग्सले ५ खेलमा २ जित र ३ हारसहित ४ अंक हासिल गरेको छ र छैटौं स्थानमा रहेको छ ।

    त्यस्तै, पोखरा एभेन्जर्सले भने ५ खेलमा एक खेलमा मात्र जित हासिल गरेको छ ।

    त्यसैगरी, आज साँझ ५ बजेदेखि हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्नेछ । कर्णालीले ५ खेलमा २ जित र ३ हार बेहोरेको छ र ४ अंकसहित सातौं स्थानमा छ भने लुम्बिनीको ५ खेलमा ७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend