२०८३, मंसिर ७ गते

  • खेलकुद
  • एनपीएलको इलिमिनेटरमा आज काठमाडौं गोर्खाज र...

एनपीएलको इलिमिनेटरमा आज काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्दै, विजेताले सुदूरपश्चिमसँग खेल्ने

एनपीएलको इलिमिनेटरमा आज काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्दै, विजेताले सुदूरपश्चिमसँग खेल्ने

images
बुधवार, मंसिर २ २०८३०७:२९
बुधवार, मंसिर २ २०८३०७:२९
  • images

    काठमाडौँ । काठमाडौंमा नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्दैछ ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल आज साँझ ५ बजेदेखि सुरु हुनेछ ।

    आजको विजेता टोलीले बिहीबार दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग भिड्नेछ ।

    यसअघि हिजो मंगलबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्स फाइनलमा पुगिसकेको छ ।

    फाइनल खेल मंसिर ५ गते हुनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend