२०८३, आश्विन २० गते

images

वाणिज्य बैंकको नाफा १६ अर्बभन्दा बढी, कुनको कति ?

वाणिज्य बैंकको नाफा १६ अर्बभन्दा बढी, कुनको कति ?

बुधवार, कार्तिक ७ २०८१०१:०९
बुधवार, कार्तिक ७ २०८१०१:०९
  • images

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको वित्तीय विवरण २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेका छन् । बुधबार सार्वजनिक पहिलो त्रैमासको वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकले १६ अर्ब २३ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

    गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकले १३ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । गत वर्षको तुलनामा बैंकहरूको नाफा औसतमा २१.६३ प्रतिशतले वृद्धि भएको हो ।

    सर्वाधिक नाफा वृद्धि गर्नेमा सिद्धार्थ, लक्ष्मी सन्राइज, नेपाल र कुमारी बैंक छन् । यी बैंकले ३०० प्रतिशतभन्दा बढीले नाफा वृद्धि गरेका छन् । गत वर्षको तीन महिनामा २६ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको कुमारी बैंकले यो वर्षको तीन महिनामा एक अर्बभन्दा बढी नाफा आर्जन गरेको छ । तर, बढी नाफा वृद्धि गर्ने तीन बैंकले भने एक अर्ब नाफा पुर्याउन सकेका छन् ।

    चालु वर्षको तीन महिनामा सबैभन्दा बढी नाफा भने नबिल बैंकले गरेको छ । यो बैंकले चालु आर्थिक वर्षको तीन महिनामा दुई अर्ब पाँच करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा भने यो बैंकले एक अर्ब ४६ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

    ग्लोबल आइएमई बैंकले एक अर्ब ५१ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक अर्ब ४६ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

    सातवटा वाणिज्य बैंकको नाफा घटेको छ । नाफा घट्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा, माछापुच्छ्रे, सिटिजन्स बैंक, सानिमा, हिमालयन, राष्ट्रिय वाणिज्य र एनआईसी एशिया बैंक छन् । गत वर्षको तीन महिनाको अवधिमा ८८ करोड घाटामा भएको कृषि विकास बैंकले भने यो वर्षको तीन महिनामा १९ करोड नौ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

    कुनको कति नाफा? 

    बैंक नाफा (रु)
    नबिल बैंक २ अर्ब ५ करोड
    ग्लोबल आईएमई बैंक १ अर्ब ५१ करोड
    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक १ अर्ब ४६ करोड
    प्राइम कमर्सियल बैंक १ अर्ब २८ करोड
    एनएमबी बैंक १ अर्ब १४ करोड
    एभरेष्ट बैंक १ अर्ब १२ करोड
    कुमारी बैंक १ अर्ब ७ करोड
    प्रभु बैंक १ अर्ब ४ करोड
    स्ट्यान्डर्ड चार्टर्ड बैंक ८६ करोड
    नेपाल एसबीआई बैंक ८१ करोड
    हिमालयन बैंक ७२ करोड
    नेपाल बैंक ६० करोड
    लक्ष्मी सनराइज बैंक ५३ करोड
    माछापुच्छ्रे बैंक ५० करोड
    सानिमा बैंक ३९ करोड
    सिद्धार्थ बैंक ३८ करोड
    सिटिजन्स बैंक इन्टरनेशनल २४ करोड
    कृषि विकास बैंक १९ करोड
    राष्ट्रिय वाणिज्य बैंक १५ करोड
    एनआईसी एसिया बैंक ११ करोड

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend