२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • यस्ता छन् सरकारका सय दिनका उपलब्धि...

यस्ता छन् सरकारका सय दिनका उपलब्धि (पूर्णपाठ)

यस्ता छन् सरकारका सय दिनका उपलब्धि (पूर्णपाठ)

बुधवार, कार्तिक ७ २०८१०४:१२
बुधवार, कार्तिक ७ २०८१०४:१२
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको एक सय दिनको कार्य प्रगति विवरण सार्वजनिक भएको छ । बुधबार प्रधानमन्त्री ओलीले एक सय दिनमा सम्पादन गरेका महत्वपूर्ण कार्य र हासिल भएका मुख्य उपलब्धिहरूको विवरण सार्वजनिक गरेका हुन् । 

    उनले हरेक मन्त्रालयबाट कार्यसम्पादनका लागि कामको सूची माग गरिएको बताए । पहिलो सय दिनभित्र सबै मन्त्रालयको गर्ने भनेको कामको संख्या २७४ वटा पुगेको र तीमध्ये १८५ वटा कामहरू सम्पन्न भएको बताउँदै प्रधानमन्त्री ओलीले सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको दाबी गरे ।

    भर्खरै भएको बाढी पहिरोबाट क्षति भएका संरचनाको पुनर्निर्माण, राहत वितरण, जाजरकोट र रुकुममा भूकम्पपछिका पुनर्निर्माणलगायत विषयलाई प्रगति विवरणमा समेटिएको छ ।

    रासायनिक मलको बन्दोबस्ती, निर्माण व्यवसायीलाई ६ अर्ब ७५ करोड उपलब्ध गराइएको, १६५ जना युवालाई कर्जा प्रवाह गरेको, सहकारी ठगलाई कारवाही शुरु गरिएको, बंगलादेशलाई ४० मेगावाट बिजुली बिक्री गर्न गरिएको सम्झौता, संविधान दिवसका दिन दरबार मार्गमा मनाइएको नेसनल डे कन्सर्टलाई प्रधानमन्त्री ओलीले आफ्नो एक सय दिनको उपलब्धिका रुपमा सार्वजनिक गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend