२०८३, आश्विन २० गते

images
  • राजनीति
  • प्रचण्डको नेतृत्वमा माओवादीको खबरदारी सभा, ३०...

प्रचण्डको नेतृत्वमा माओवादीको खबरदारी सभा, ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी

प्रचण्डको नेतृत्वमा माओवादीको खबरदारी सभा, ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी

शनिवार, कार्तिक १० २०८१०७:५८
शनिवार, कार्तिक १० २०८१०७:५८
  • images

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आज काठमाडौंमा खबरदारी सभा आयोजना गर्दै छ ।

    वर्तमान सरकारको सयदिन असफल र भ्रष्टचारीलाई जोगाउने षडयन्त्र भइरहेको निष्कर्ष निकालेको माओवादीले भृकुटीमण्डपमा खबरदारी सभा गर्ने भएको हो ।

    सभालाई रचनात्मक र शान्तिपूर्ण हुने माओवादी पार्टी नेताहरुको दाबी छ । बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा जनप्रदर्शनसहित खबरदारी सभाको तयारी पूरा भएको उपत्यका विशेष समितिका अध्यक्ष जगत सिंखडाले बताए ।

    आज बिहान ११ बजे काठमाडौं मलमा जम्मा हुन नेता तथा कार्यकर्ताहरू निर्देशन दिएको छ । त्यहाँबाट बाजा, झाँकीसहित ब्यानरको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीले गर्नेछन् । जुलुश रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डपको सडकमा पुगेर सभामा परिणत हुने छ ।

    सभालाई नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने छन् । अपराह्न चार बजेभित्र सभा सम्पन्न गर्ने कार्यतालिका छ ।

    सभामा करिब २५ देखि ३० हजारसम्म सहभागी हुने आंकलन गरिएको छ । कांग्रेस र एमाले मिलेर असारमा सरकार बनाएपछि माओवादी सत्ताबाट बाहिरिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend