२०८३, आश्विन २० गते

images
  • राजनीति
  • ज्यान मार्ने उद्योगमा दोषी ठहरीए सांसद...

ज्यान मार्ने उद्योगमा दोषी ठहरीए सांसद मनाङे, ५ वर्ष जेल सजाय हुने

ज्यान मार्ने उद्योगमा दोषी ठहरीए सांसद मनाङे, ५ वर्ष जेल सजाय हुने

मंगलवार, कार्तिक २० २०८१०६:१३
मंगलवार, कार्तिक २० २०८१०६:१३
  • images

    काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई उच्च अदालतले सदर गरेको हो । 

    न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले उनलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको हो ।

    उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो ।  

    यो विवादमा उनी २०७५ साल पुसमा थुनामा समेत बसेका थिए । उनको मुद्दा सर्वोच्चमा २०७५ फागुन ३ गते सुरु भएको थियो ।  उनले थुनाबाटै पुनरावेदन गरेपछि सर्वोच्च अदालतले २०७५ साल पुस ७६ गते धरौटी राखेर उनलाई थुनामुक्त गर्न पत्र लेखेको थियो । त्यसपछि मनाङे जेल बाहिर रहेर मुद्दा लड्दै आएका थिए ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend