२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • ब्याटीङमा कमजोर प्रदर्शनसँगै नेपालको विश्वकप यात्रा...

ब्याटीङमा कमजोर प्रदर्शनसँगै नेपालको विश्वकप यात्रा टुङगियो

ब्याटीङमा कमजोर प्रदर्शनसँगै नेपालको विश्वकप यात्रा टुङगियो

सोमवार, आषाढ ३ २०८११०:३७
सोमवार, आषाढ ३ २०८११०:३७
  • images

    काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२४ मा नेपाल जितबिहिन घर फर्केको छ । दुई जितका साथ सुपर–८ पुग्ने लक्ष्य राखेको नेपालले विदेशी भूमिमा खराब ब्याटिङको कारणले लक्ष्य पूरा हुन सकेन ।

    समूह डी मा नेपालले खेलेका ४ मध्ये तीन खेलमा हार व्यहो¥यो र वर्षाका कारणले श्रीलंकासँग १–१ अंक बाँड्न पुग्यो । विश्वकपको प्रदर्शनमा नेपाली बलरहरुले सन्तोषजनक प्रदर्शन गरे भने ब्याट्सम्यानहरु खुल्न सकेनन् । 

    विश्वकप २०२४ मा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेट, दक्षिण अफ्रिकाविरुद्ध १ रन र बंगलादेशसँग २१ रनले हार ब्यहोर्याे । नेपालले तीनै खेलमा हार्नुको मुख्य कारण नै खराब ब्याटिङ बन्न पुगेको छ ।

    नेपाली खेलाडीले बाउन्ड्रीमा जोखिम लिन सकेनन् । लगातार डट र दबाबमा आएर खराब सट खेल्दै विकेट गुमाउन पुगेका थिए।विश्वकपको झण्डै एक महिना अघि आएर नेपालले अमेरिका र सेन्ट भिन्सेन्टमा अभ्यास गरेको थियो । तर ब्याटिङमा सुधार भएन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend