२०८३, आश्विन २० गते

images

पोखरामा डेढ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय उडान

पोखरामा डेढ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय उडान

बिहिवार, कार्तिक २२ २०८१०६:३३
बिहिवार, कार्तिक २२ २०८१०६:३३
  • images

    काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय उडान भएको छ । ६ असार २०८० मा पहिलो पटक चार्टर्ड उडान गरेको सिचुवान एयरलाइन्सले बिहीबार दोस्रो उडान गरेको छ । यसबीचमा अन्य कुनै पनि एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरेका छैनन् ।

    पोखरामा आयोजित इन्टरनेसनल माउन्टेन क्रस कन्ट्री कम्पिटिसनमा भाग लिन चीनको कुनमिङबाट आएका खेलाडीहरूलाई लिएर सिचुवान एयरलाइन्सको जहाज बिहीबार पोखरामा अवतरण गरेको हो । यो जहाजले १२० जना यात्रु बोकेर आएको हो । सिचुवानले एयरबस ३१९ जहाजबाट पोखरामा उडान गरेको हो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend