२०८३, आश्विन २० गते

images
  • राजनीति
  • मोबाइल बन्द गरेको छु, पूर्णपाठ आएपछि...

मोबाइल बन्द गरेको छु, पूर्णपाठ आएपछि अदालत उपस्थित हुन्छुः दीपक मनाङे

मोबाइल बन्द गरेको छु, पूर्णपाठ आएपछि अदालत उपस्थित हुन्छुः दीपक मनाङे

शुक्रवार, कार्तिक २३ २०८१०१:३४
शुक्रवार, कार्तिक २३ २०८१०१:३४
  • images

    काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य राजिब गुरूङ (दीपक मनाङे) ले आफूले मोबाइल अफ गरी बसेको बताएका छन्। उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफूलाई तारन्तार फोन आइरहेकाले मोबाइल बन्द गरेको उल्लेख गरेका छन्।

    ‘फैसला आउँदाको दिनदेखि केही गुणस्तरहित सञ्चारमाध्यमहरूबाट तारन्तार आइरहेका कलहरूले गर्दा केही समयका लागि मैले प्रयोग गर्दै आएको मोबाइल बन्द गरेको छु,’ शुक्रबार विज्ञप्ति निकालेर भनेका छन्, ‘यही विषयलाई लिएर विभिन्न सञ्चार माध्ययमहरूमा भ्रामक समाचारहरू सम्प्रेषण भइरहेको पाएको छु, यसमा मेरो आपत्ति छ।’

    उनले थपेका छन्, ‘अन्तमा: सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रूपमा प्राप्त भएपछि अदालतमा म स्वयम् उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु।’

    rajib.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend