२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • किसानलाई दोर्दीको सहुलियतः बाख्राको साधारण उपचारमा...

किसानलाई दोर्दीको सहुलियतः बाख्राको साधारण उपचारमा २ रुपैयाँ, गोरु सजेको १ सय

किसानलाई दोर्दीको सहुलियतः बाख्राको साधारण उपचारमा २ रुपैयाँ, गोरु सजेको १ सय

बुधवार, मंसिर १२ २०८११०:५२
बुधवार, मंसिर १२ २०८११०:५२
  • images

    काठमाडौँ । लमजुुङको दोर्दी गाउँपालिकाले पशु सेवा तथा कृृषि विकासका लागि न्यूनतम शुल्क तोकेको छ । 

    पालिकाले बुधबार एक सूचना जारी गर्दै किसानलाई सहुलियत रुपमा पालिका अन्तरगतको  सेवा प्रवाहका लागि दोर्दीले न्यूनतम शूल्य तोकिएको जनाएको हो  । 

    गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले कार्यालय समयभित्र कर्मचारीबाट कार्य गरेबापत उक्त शुल्क तोकिएको बताए । 

    उनका अनुसार आपतकालीन बाहेक अन्य कार्यमा कार्यालय समयमा नै पशु प्राविधिक बोलाउदा अन्य कुनै शुल्क नलाग्ने र कर्मचारीका लागि आउने जाने खर्च समेत प्रदान गर्नु नपर्ने गरी पालिकाले उक्त शुल्क तोकिएको हो । 

    जसअनुसार बोका खसी पारेको २५ रुपैयाँ, गोरु सजेको वा पारेको १ सय रुपैयाँ, कुकुरको उपचार गरेको ५० रुपैयाँ, कृतिम गर्भाधानमा २५ रुपैयाँ, बाख्राको साधारण उपचारका लागि २ रुपैयाँ, गाई÷भैँसीको उपचारका लागि १० रुपैयाँ र कुखुराको उपचारका लागि १ रुपैयाँ र गोवर परीक्षणको २५ रुपैयाँ शुल्क निर्धारण गरिएको जनाईएको छ ।  

    पालिकाले किसानको सेवाका लागि न्यूनतम शुल्क निर्धारण गरिएको भन्दै तोकिएभन्दा बढी शुल्क लिएको पाइएमा पालिकामा खबर गर्न समेत स्थानीयलाई आग्रह गरेको छ । 

    Dordi.jpg

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend