२०८३, आश्विन १९ गते

images

विराटनगरविरुद्ध सुदूरपश्चिमको शानदार जित

विराटनगरविरुद्ध सुदूरपश्चिमको शानदार जित

मंगलवार, मंसिर १८ २०८१०३:२२
मंगलवार, मंसिर १८ २०८१०३:२२
  • images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले सानदार जित हात पारेको छ। सुदूरपश्चिमले विराटनगर किंग्सलाई ९० रनले पराजित गरेको हो।

    त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगरले १६ ओभर एक बलमा ९२ रन मात्र बनाउन सक्यो। विराटनगरका लागि बसिर अहमतले सर्वाधिक २४ रन बनाए।

    त्यसै गरी राजेश पुलामी १५ र अनिल पुलामीले १० रनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। सुदूरपश्चिमका लागि ​स्कट कुग्गेलैन र अविनाश बोहराले तीन/तीन विकेट लिए । त्यसै गरी ब्राण्डन मुल्लेन, सैफ जैब र ईशान पाण्डेले समान एक/एक विकेट लिए। योसँगै विराटनगर लगातार दुई खेलमा पराजित भएको छ।  

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रेरित १८२ रनको विशाल स्कोर तयार गरेको थियो। २४ बलमा नटआउट ५७ रन बनाए।

    यस्तै, ब्राण्डन म्याकमुलनले २६ बलमा ३६ रन बनाए। विनोद भण्डारीले २३ र ईशान पाण्डेले २१ रन जोडे। विराटनगरका लागि अनिल खरेलले ३ विकेट लिए। क्रिस सोले, इस्लाम आलम र बसिर अहमदले समान एक/एक विकेट हात पारे। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend