२०८३, आश्विन २० गते

images
  • समाचार
  • ४२ हजार क्विन्टल धान खरिद गर्दै...

४२ हजार क्विन्टल धान खरिद गर्दै खाद्य कम्पनी

४२ हजार क्विन्टल धान खरिद गर्दै खाद्य कम्पनी

बुधवार, मंसिर १९ २०८१११:५१
बुधवार, मंसिर १९ २०८१११:५१
  • images

    काठमाडौँ । वीरगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी कम्पनीले ३२ हजार क्विन्टल सोनामन्सुली र १० हजार क्विन्टल जिरामसिनो धान खरिद गर्ने भएको छ ।

    कम्पनीका सूचना अधिकारी समीर दाहालका अनुसार दुई वर्षसम्म बजार मूल्यभन्दा सरकारले तोकेको समर्थन मूल्य कम भएपछि किसानले कम्पनीलाई धान बेचेका थिएनन् । यो वर्ष बजारमूल्यभन्दा समर्थन मूल्य केही बढी भएकाले किसानले कम्पनीलाई धान बेच्ने अपेक्षा गरिएको बताए । 

    गत सोमबार पर्साका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको स्थानीय प्राथामिक खरिद समितिले निर्धारण गरेको मूल्यअनुसार कम्पनीले धान खरिद गर्न लागेको हो । समितिले जिरामसिनोको समर्थन मूल्य प्रतिक्विन्टल चार हजार रुपैयाँ तोकेको छ । सङ्घीय सरकारले सोनामन्सुलीको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार पाँच सय ५८ दशमलव ६२ पैसा निर्धारण गरेको छ ।

    ‘‘किसान बाहेक कुनैपनि व्यापारी वा विचौलियाको धान खरिद गरिने छैन,’’सूचना अधिकारी दाहालले भने, ‘‘कम्पनीको गुणस्तर मापदण्ड अनुसारको राम्रो,सफा एवं सुकेको धान मात्र ल्याउनुपर्नेछ । सो प्रकृतिको धान नल्याएको खण्डमा खरिद गरिने छैन ।’’ 

    यसैबीच, गत आर्थिक वर्षमा धान, चामल आयातमा कमी आएको पाइएको छ । 

    भारतले धान, चामल निर्यातमा कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लाग्ने व्यवस्था गरेकाले आयातमा कमी आएको हो । गत आवमा आठ अर्ब २८ करोड ५५ लाख ४२ हजार रुपैयाँ बराबरको २० करोड ८० लाख ९२ हजार ४४८ किलो धान आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend